WHAT'S NEW?
  • Don’t miss the newest edition – Coming soon the Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

हाम्रोबारे

खोज पत्रकारिता पुस्तक कोनार्ड एडेनायुअर स्टिफ्टुङ (केएस) को विश्वव्यापी पत्रकारिता कार्यक्रमको एउटा परियोजना हो । यो कार्यक्रम जोहानेसबर्ग (सब–सहारा अफ्रिका), सिंगापुर (एशिया) र सोफिया (दक्षिण पूर्वी यूरोप) बाट
सञ्चालित छ ।

पत्रकारलाई खोज पत्रकारिताका मुख्य सीप दिने र फरक फरक अवस्था भएका देशमा पहरेदार पत्रकारितालाई सहयोग पु¥याउने उद्देश्यले यो किताब तयार गरिएको हो । पत्रकारले गर्ने कामले विद्यमान प्रजातान्त्रिक संस्थालाई बलियो
बनाउँछन् अथवा यस्ता संस्था नभएका ठाउँमा संस्था स्थापना गर्न प्रेरित गर्छन् । यो पुस्तक सात वर्षअघि केएएस पत्रकारिता कार्यक्रम अफ्रिकाले तयार गरेको गाइडको अद्यावधिक संस्करण हो । त्यो गाइड वर्षेनि ३० हजार मानिसले हेरेका थिए । पहिलो संस्करणको यही अपार सफलताले गर्दा केएएस विश्वव्यापी पत्रकारिता कार्यक्रमले यसलाई परिमार्जित र विश्वव्यापी बनाउने विचार गरेको हो । अफ्रिका र एशियामा खोज पत्रकारले प्रायः अति धेरै चुनौती बेहोर्नुपर्छ । कतै कतै उनीहरूलाई निरुत्साहित पार्ने चुनौती खडा गरिएका छन् । यो किताब दमनकारी पत्रकारिता ऐन, तथाकथित आतंककारी विरोधी नियम, पारदर्शिता विरोधी संस्कार र सीमित स्रोतसाधन जस्ता चुनौती सामना गर्न पत्रकारलाई सहयोग गर्ने उद्देश्यले तयार गरिएको हो ।

यो किताब व्यावहारिक तालिमका लागि पनि उपयोगी छ । यसमा हरेक खण्डको अन्त्यमा दिइएका प्रश्नमार्फत पाठकले आफ्नो ज्ञानको स्तर जाँच्न सक्छन् । यसमा सान्दर्भिक केस स्टडी पनि दिइएका छन् जसलाई समय समयमा अद्यावधिक गरिन्छ ।

कोनार्ड एडेनायुअर स्टिफ्टुङ (केएस) जर्मन राजनीतिक प्रतिष्ठान हो । प्रजातन्त्र, विधिको शासनको प्रवद्र्धन र मानवअधिकारको पालनाका पक्षमा यसले विश्वभर काम गर्छ । केएएसले तालिम र थप शिक्षामार्फत स्वतन्त्र सञ्चारमाध्यम, राजनीतिक दल, संसद् र सामाजिक संस्थाको विकासका लागि काम गर्ने गर्छ । कुनै पनि समाजको सफलता त्यसका प्रबुद्ध वर्गको स्थिरता, कौशल र खुलापनमा भर पर्छ । केएएसले उत्तरदायित्व वहन गर्ने सोचाइ भएका आफ्नो देशका र विश्वका प्रबुद्ध वर्गलाई सहयोग गर्छ ।