WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

आफूले चाहेको जवाफ
तपाईंको लक्ष्य स्टोरी तयार गर्नु हो, स्रोतलाई ‘जित्नु’ होइन । त्यसैले, अन्तर्वार्ताका वेलामा आफू शान्त र तनावमुक्त हुनुपर्छ । यसका लागि चाहिने जति समय लिनुपर्छ । अन्तर्वार्ताको मुख्य उद्देश्य जानकारी र जवाफ पाउनु हो । तपाईंका प्रश्न ती जानकारी र जवाफ पाउने माध्यम मात्र हुन् । तपाईंले आवेशमा आएको हाउभाउ गर्नुभयो— आँखीभौं खुम्च्याउनुभयो, कुम हल्लाउनुभयो, मुस्कुराउनुभयो— भने स्रोतले यो कुरा याद गर्न सक्छ । पत्रकार पनि मानिस भएकाले यसलाई सामान्य प्रतिक्रियाका रूपमा लिन पनि सकिन्छ । टेलिभिजनमा अन्तर्वार्ता लिंदा लिनेको अनुहार जड भयो भने अन्तर्वार्ता निरस हुन्छ । तर यसो गर्दा सतर्क हुनुपर्छ र कतिसम्म गर्ने भन्ने विचार पु¥याउनुपर्छ । तपाईं उन्मुक्त किसिमले हाँस्नुभयो भने स्रोतले तपाईंका शब्दलाई ‘उपहास’ गरेको ठानेर जवाफ दिंदा ऊ झन् बढी सतर्क हुनसक्छ । जवाफ दिन उकास्दा नाटकीय झगडा हुनसक्ला अथवा उसले कुरा गर्न छाड्न सक्ला । तपाईं आक्रामक हुनुभयो भने तपाईं नै गलत ठहरिनुहुन्छ । त्यसैले, प्रतिक्रिया दिंदा सतर्क रहनुपर्छ । कसैले तर्क गर्न उकास्यो भने ऊ तपाईंका प्रश्नको उत्तर दिने दायित्वबाट उम्कन्छ ।

विषयवस्तुमा जाने
पत्रकारका प्रश्नभन्दा स्रोतका उत्तर महत्वपूर्ण हुन्छन् । त्यसैले व्याख्या गर्न लाग्नुहुँदैन । अनुभवी राजनीतिज्ञ अथवा व्यवसायीले सयौं वा हजारौं पटक अन्तर्वार्ता दिइसकेको हुनसक्छ । उनीहरूको समय मूल्यवान हुन्छ । कुनै प्रश्न टार्न मन लाग्यो भने उनीहरूले त्यसो गर्छन् । आफूले गरेका नराम्रा काम पत्रकारले बाहिर ल्याइदिए भने आफ्नो इज्जत, पद, पैसा र राजनीतिक÷व्यावसायिक जीवन बर्बाद हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । व्यक्ति र अवस्थाको राम्रो अध्ययन गर्नुपर्छ र आफूले सोध्नुपर्ने कुरा सोझै सोध्नुपर्छ । उनीहरूले दिएको जवाफ बुझिएन भने अर्काे किसिमले प्रश्न गरेर बुझिने जवाफ लिने कोशिश गर्नुपर्छ । केही स्रोतलाई आफ्ना विचार व्यवस्थित गर्न समय लाग्छ । उनीहरूले फेरि जवाफ दिन मन पराउँछन् । उनीहरूको जवाफ ध्यान दिएर सुन्नुहोस् । तपाईंले आफ्ना प्रश्नको जवाफ पाउनुभयो ? पाउनु भएन भने फेरि कोशिश गर्नुहोस् । स्रोतले दिएका जवाफ यकिन गर्नका लागि ‘तपाईंले यसो भन्नुभएको हो ?’ भनी सार बताएर हो कि होइन भनी उसलाई सोध्न सकिन्छ ।

पूरा जवाफ लिनुहोस्
स्रोतले ठोस उत्तर दिन चाहेन भने उसले ‘हालसालै’, ‘केही’, ‘धेरै’ अथवा ‘निर्णायक काम’ जस्ता शब्द र शब्दावली प्रयोग गर्न सक्छ । यस्तो भएमा ठोस जवाफ दिने खालको प्रश्न गर्नुपर्छ । जस्तै; कहिले, कति ? कति जति होला अनुमान गर्न सक्नुहुन्छ ? कति चाहिं सही हो ? बन्द प्रश्नका हकमा पनि यही कुरा लागू हुन्छ । प्रश्नको जवाफ टुंग्याउन स्रोतले हो वा होइन भन्न सक्छ । कहिलेकाहीं थप जानकारी लिनका लागि फेरि प्रश्न गर्नुपर्ने हुनसक्छ । जस्तै, ‘सम्झौतामा तपाईंले हस्ताक्षर गर्नुभएको हो ?’ ‘हो’ । ‘त्यसो भए त्यसो गर्नुको नियत के थियो बताइदिनुस् न ।’

अर्काे प्रश्न सोध्नुअघि त्यसअघिका प्रश्नको जवाफ राम्ररी विश्लेषण गर्नुहोस् । अनुभवी स्रोतले तपाईंले सुन्न चाहेजस्तै उत्तर पाएँ भन्ने भ्रम तपाईंमा पार्न सक्छ तर उसको जवाफ दोहो¥याएर पढ्दा उसले कुरा चपाएको रहेछ भन्ने थाहा हुन्छ । तपाईंले यस्तो सोध्नुभएको थियोः ‘तपाईंले फलानो क्लिनिकमा औषधि पठाउनुभएको हो ?’ स्रोतले भन्न सक्छः ‘निश्चय नै, क्लिनिकका लागि सबै उपयुक्त विधि पालना गरेका छौं ।’ यो सुन्दा हो कि जस्तो लाग्छ तर तपाईंले सोधेको प्रश्नको सोझो उत्तर यसमा आएको छैन । यस्तो अवस्थामा ‘कुन कुन औषधि पठाउनुभयो ?’ ‘कुन मितिमा पठाएको हो ?’, ‘ती औषधि पठाएको भन्ने कुनै प्रमाण छ ?’, ‘ती औषधि क्लिनिकमा पुगेको कुनै प्रमाण छ ?’ भनेर फेरि सोध्नुपर्छ । स्रोतले भनेका कुरा बुझिएन भने कुराकानी गरेकै वेला बुझिनँ भन्नुपर्छ । नबुझेको कुरा बुझे झैं गर्नुहुँदैन । ‘हाम्रा पाठकले अथवा दर्शकले यो बुझ्दैनन् । अलि बुझिने गरी बताइदिनुहोस् न’ भनेर भन्न सकिन्छ । अथवा तपाईंले यसो भन्नुभएको हो ? भनी आफूले बुझेका कुरा उसलाई बताइदिनुपर्छ ।

तयारी र सान्दर्भिक कागजात
अन्तर्वार्ता गर्न जाँदा आफूले प्रश्न सोध्ने विषयसँग सम्बन्धित प्रेस विज्ञप्ति, कागजात, अध्ययन अथवा फोटोका कपी सँगै लैजानुपर्छ । स्रोतले अर्कै कुरा भन्यो भने तपाईंले यी कुराको सन्दर्भ लिन पाउनुहुन्छ । अन्तर्वार्ता गर्दा टेप रेकर्डर र दिमागलाई सक्रिय राख्नुपर्छ । थप प्रश्न गर्न अनुमति लिनुहोस् ।

फुक्र्याउँदा नफुर्किनुहोस्
तपाईं स्रोतसँग अन्तर्वार्ता लिन जानुभएको हो, साथीसँग भेटघाटका लागि होइन । तपाईं जानकारी लिनका लागि जानुभएको हो कसैको आशीर्वाद थाप्न होइन । कसैले ‘यो एकदमै महत्वपूर्ण प्रश्न हो’ भन्यो भने उसले तपाईंको प्रशंसा गरेको नठान्नुहोस्, उसले त के जवाफ दिने भनेर सोच्नका लागि समय लिएको हो ।

अन्तर्वार्ता सकिसकेपछि स्रोतलाई उसका कुरा भन्न मौका दिनुहोस् । यसो गर्दा भित्री कुरा खुल्न सक्छ । त्यसैले आफ्ना कुरा सोधिसकेपछि उसलाई तपाईंलाई केही भनौं जस्तो लागेको छ कि ? भनेर सोध्नुहोस् । यसो गर्नु एक किसिमको शिष्टता पनि हो । अर्काे, यसो गर्दा थप जानकारी आउन पनि सक्छ । त्यसैले, अन्तर्वार्ताको अन्त्यमा जहिले पनि यस्तो प्रश्न सोध्नुहोस्ः ‘मैले केही सोध्न छुटाएँ कि ?’ अथवा ‘तपाईंलाई केही भन्न मन लागेको छ कि ?’

वाचा
‘तपाईंले स्टोरी छाप्नुअघि मलाई देखाउँछु भन्नुभएको थियो नि ∕’ आफूले तयार गरेको स्टोरी छाप्नुअघि देखाउँछु भनेर कहिल्यै वाचा नगर्नुहोस् । ‘हिंड्न हतार भएको थियो, मैले हुन्छ देखाउँछु भन्दा के फरक पर्छ भन्ने ठानें’ यस्तो कहिल्यै नगर्नुहोस् । यस्ता वेलामा हतार नगरिकन उसलाई छापिनुअघि स्टोरी देखाउन मिल्दैन भनिदिनुस् ।

अन्तिममा गर्नुपर्ने कामको उपेक्षा नगर्नुहोस्
प्रायशः अन्तर्वार्ताको अन्तिमतिर स्रोत बढी सहज हुन्छ । यति वेलामा अन्तर्वार्ताका क्रममा बताइएका कुनै शब्दावली, कसैको पद अथवा नाम एक पटक जाँच्नुहोस् । कुनै कुरा अल्मलिएँ भने म पछि सोध्छु है भन्नुहोस् । उसको फोन नम्बर पहिल्यै लिएको छैन भने फोन नम्बर अथवा इमेल अड्रेस लिनुस् । आफ्नो कार्ड दिनुहोस् । हिंड्ने वेलामा पनि औपचारिकता पु¥याउनुहोस् । समय दिएकोमा उसलाई धन्यवाद दिनुहोस् । तपाईंलाई अप्ठ्यारोमा पारेको भए पनि, तपाईंको अपमान गरेको भए पनि । स्रोतले तपाईंसँग कुराकानी गरेकोमा तपाईंले दिलैदेखि उसको प्रशंसा गरेजस्तो देखाउनुहोस् ।

कुनै विषयको पृष्ठभूमि बुझ्नका लागि स्रोतसँग कुराकानी गरिएको हो भने अथवा मित्रवत् कुराकानी भएको छ भने यस विषयमा थप कुरा अरू कसले बताउन सक्ला भनी सोध्नुहोस् । ती मानिससँग कुराकानी गर्दा अनुसन्धानका नयाँ ढोका खुल्न सक्छन् ।

अन्तर्वार्ता सकिने बित्तिकै नोटबूक पल्टाउनुस्
अन्तर्वार्ता सकेर आफ्नो अफिसमा पुग्ने बित्तिकै नोट एक पटक पढ्नुहोस् । यति वेला नोट पढ्दा आफूले कुनै कुरा टिप्न छुटाएछु अथवा गलत टिपेछु अथवा पछि पढ्दा अलमलिने गरी टिपेछु जस्तो लाग्यो भने त्यसलाई सच्याउने मौका यही हो । भोलिपल्टसम्म पर्खियो भने अघिल्लो दिन भनेका कुरा, प्रसङ्ग बिर्सन सक्छ ।