WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

खोजमूलक स्टोरी तयार गर्नका लागि योजना बनाउँदा कति पैसा लाग्ला भन्ने अनुमान पनि गर्नुपर्छ । यसका लागि कति पैसा अथवा के कस्ता स्रोत चाहिएलान् ? खोजमूलक स्टोरी तयार गर्दा यी शीर्षकमा खर्च हुनसक्छन्ः यातायात र खान बस्न, (स्रोतलाई सत्कार पनि गर्नुपर्ने हुनसक्छ), विज्ञको शुल्क तिर्न, अनुवाद गराउन, अन्तर्वार्ताको रेकर्ड उतार्न, अभिलेखालयको जानकारी लिन शुल्क तिर्न, कुनै कागजातको प्रमाणित प्रति लिन, फोन तथा इन्टरनेटको बिल तिर्न र फोटो खिच्न लाग्ने खर्च । समूह बनाएर काम गर्ने विचार छ भने प्रोजेक्ट मेनेजरलाई दिन, कार्यशाला चलाउन र फिल्ड भ्रमण गर्न पनि बजेट चाहिन्छ ।

विकासोन्मुख देशका धेरैवटा साना मिडियासँग बजेट थोरै हुन्छ । अमेरिकाका ठूला पत्रिकाले खोजमूलक स्टोरी तयार गर्न गर्ने खर्चले विकासोन्मुख देशका मिडियाको एक वर्षको खर्च धानिन सक्छ । यस्तो अवस्थामा खोजमूलक स्टोरी गर्नका लागि स्रोत जुटाउन अलि रचनात्मक हुनुपर्छ । अन्तर्राष्ट्रिय दातृ संस्थाबाट यस्तो स्रोत जुटाउन सकिएला । कहिलेकाहीं उनीहरूको र तपाईंको रुचिको क्षेत्र मिल्न सक्छ । तर, आफ्ना रुचिका क्षेत्रमा काम गराउन खोज्ने दातासँग चाहिं होशियार हुनुपर्छ । आफूलाई सहयोग नगर्ने दाताका लागि धेरै समय खर्च नगर्नुहोस् । क्राउड फन्डिङ अर्थात् सर्वसाधारणबाट पैसा उठाउनु अर्काे उपाय हुनसक्छ । संसारका धेरै ठाउँमा सामान्य पत्रकारिता अथवा खोज पत्रकारिता गर्ने प्रकाशन अथवा परियोजनाले आम मानिसबाट पैसा उठाउने चलन बढ्दैछ तर यो काम अलि कठिन छ ।


फेलोसिप र क्राउडफन्डिङ तथा फेलोसिप पाउन सफल प्रोजेक्टसम्बन्धी जानकारी यी संस्थाका वेबसाइटमा पाइन्छः


स्रोतलाई पैसा दिनु राम्रो होइन भन्नेमा अधिकांश पत्रकार सहमत छन् । पैसा दिन्छु भनेर लोभ्याउँदा स्रोतले झूटा कुरा भन्न सक्छ, बढाइँचढाइ गर्न सक्छ । पछि स्रोतले ‘मलाई पत्रकारले पैसा दिएकाले त्यसो भनेको हुँ’ भनेका खण्डमा स्रोतले दिएका प्रमाण कमजोर र अविश्वसनीय हुन्छन् । स्टोरीका लागि पैसा तिर्ने काम प्रकाशन गृहको आचारसंहिता र पत्रकारको खोज गर्ने सीपसँग उति मिल्दो हुँदैन । तर अपवादस्वरूप, अन्तर्वार्ता दिंदा स्रोतको काम गर्ने समय बिथोलिएकोमा अथवा उसको यात्रा अथवा अन्य खर्च वापत पत्रिकाले स्रोतलाई पैसा तिर्न सक्छ । तर यसो गर्दा पनि यो पैसा के वापत दिएको हो भन्नेमा दुवै पक्ष स्पष्ट हुनु जरूरी छ । स्रोतलाई के कुरा बताइदिनुपर्छ भने जानकारी दिएर उसले पत्रकार अथवा पत्रिकालाई होइन प्रभावित समुदाय वा समग्र समाजलाई गुण लगाएको हो ।

सूचना लिनका लागि कर्मचारीलाई घूस खुवाउँदा बदनाम होइन्छ । तर कतै कतै कर्मचारीले बिहान अफिस चाँडो खोल्दा अथवा यस्तै सानोतिनो काम गर्दा पनि केही (चिया अथवा चिसो) माग्ने चलन छ । यस्तो वातावरण भएका ठाउँमा चिल्लो नघसिकन काम गराउन गाह्रो हुनसक्छ । तैपनि, उनीहरूलाई थोरैतिनो खुवाउँदा पनि आफ्नो स्टोरी जोखिममा पर्न जान्छ । जति थोरै र चलनचल्तीको भए पनि तपाईंले यस्तो सहयोग गरेको कुरा स्रोतले आफ्ना हाकिम वा तपाईंको मिडियाका प्रतिस्पर्धीलाई बताएका खण्डमा तपाईंले घूस खुवाएको ठहर्छ । स्रोतले यस्ता कुरा माग्यो भने के गर्ने भनी रणनीति बनाउनुपर्छ । आफूले यस्तो सहयोग दिएको कुरा पछि सार्वजनिक भयो भने तपाईंले यो कामलाई उचित हो भनी पाठकसामु प्रमाणित गर्न सक्नुपर्छ । त्यसैले, स्रोतलाई तपाईंले गर्न लागेको कामको महत्व बताएर पैसा विनै काम गर्न मनाउन कोशिश गर्नुपर्छ ।