WHAT'S NEW?
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

टिम बनाएर काम गर्ने हो भने थप कदमबारे योजना बनाउन जरूरी हुन्छ । पहिलो, परियोजना मेनेजर तोक्नु । परियोजना मेनेजरको काम धेरै महत्वपूर्ण छ किनभने टिमका सबै सदस्यले पर्याप्त र उचित योगदान गरुन् भन्ने कुरा यकिन गर्ने काम उसको हो । टिमका सबै सदस्यले गरेका काम भेला पार्नु पनि उसको काम हो । दोस्रो कदम भनेको कार्यशाला चलाउनु हो जहाँ टिमका सबै सदस्यले स्टोरीको विषयका बारेमा चिन्तन गर्छन् र यो यो काम गर्नुपर्छ भनी सूची बनाउँछन् ।

यस प्रक्रियाका लागि कस्तो ढाँचा अपनाउने भन्ने कुरा पनि निर्धारण गर्नुपर्छः

  • ?   टिमका सदस्यबीचमा कहिले र कसरी समन्वय गर्ने ?
  • ?   प्रोजेक्ट मेनेजरले कहिले, कसरी र कति कति समयको अन्तरमा टिमका सदस्यसँग सम्पर्क गर्ने ?
  • ?   खोजका हरेक चरणमा सम्पादन, परिमार्जन, प्रतिक्रिया संकलन र सच्याउने काम कसरी गरिन्छन् ?
  • ?   टिमका सदस्यले गर्नुपर्ने काम गरेनन् भने के गर्ने ?
  • ?   स्टोरीमा सबैलाई सहमत कसरी गराउने ?
  • ?   खोज गर्दा लागेका कस्ता कस्ता खर्चको शोधभर्ना पाइन्छ ?
  • ?   यस स्टोरीका लागि जानकारी खोज्दा टिमका सदस्यले लुकेर अर्काका कुरा सुन्ने, भेष बदल्ने अथवा कागज लिनका लागि पैसा तिर्ने जस्ता काम गर्नुपर्छ ?

यस बाहेक, टिमका सदस्यहरूको भूमिका स्पष्ट रूपमा तोक्नुपर्छ जसले गर्दा उनीहरूको स्वार्थ नबाझियोस् । टिमका सदस्य बोर्डका पनि सदस्य छन् भने बोर्डमा टिमका खोजसम्बन्धी विषयमा छलफल हुने र निर्णय गर्ने बैठकमा उनीहरूले भाग लिनुहुँदैन । कुन निर्णय प्रोजेक्ट मेनेजरले गर्ने र कुन निर्णय संस्थाको नेतृत्वले गर्ने अनि यी दुईका बीचमा कस्तो सम्बन्ध हुने भन्ने बारेमा स्पष्ट हुनुपर्छ । प्रोजेक्टर मेनेजर र संस्थाको नेतृत्वका बीचमा अनि प्रोजेक्ट मेनेजर र टिमका सदस्यबीचमा सम्झौता हुनुपर्छ ।

यी सांगठनिक कदमबाहेक, स्टोरी जुन विषयमा गर्न लागिएको छ त्यस विषयमा टिमका सदस्यहरू जानकार हुनुपर्छ । खोज गर्न लागिएको विषयसँग सम्बन्धित सबै कुरा टिमका सबै सदस्यले बुझेका छन् ? खोज गरिरहेको टिमका सदस्य पनि समाजका सदस्य हुन् । यस हैसियतमा उनीहरूले यस विषयमा कस्तो चासो दिनुपर्छ ? खोज पत्रकारिताका कस्ता कस्ता राम्रा चलन छन् भन्ने कुरा कार्यशालामा स्मरण गर्नुपर्छ । यसो गर्दा राम्रो परिणाम निस्कन्छ । आचारसंहिताबारेमा पनि छलफल हुनुपर्छ ।

खोज गरिरहेका वेलामा, स्टोरीको विषयवस्तु सही छ कि छैन भन्ने कुरा अनि के के कुरा खोज्न सकिन्छ भन्ने विषयमा निर्णय गर्ने काम प्रोजेक्ट मेनेजरको हो । यति वेला स्टोरीको मान्यता परिमार्जन गर्न आवश्यक भए गर्नुपर्छ, (नयाँ) स्रोत परिमार्जन गर्नुपर्छ र आफूले गर्नुपर्ने कामको परिमार्जित र विस्तृत सूची सबै सदस्यलाई बाँड्नुपर्छ । स्टोरी कम्तीमा पनि यो स्तरको हुनुपर्छ भनी प्रोजेक्ट मेनेजरले लक्ष्य तोक्छ । स्टोरीले कम्तीमा पनि त्यस विषयमा आम मानिसको ज्ञान बढाउनुपर्छ । आफ्नो टिमले के कस्ता विज्ञको सहयोग लिन सक्छ र टिमका काममा कस्तो प्रगति हुँदैछ भन्ने बारेमा मेनेजरले टिमका सदस्यलाई यसरी बताउनुपर्छ जसले टिममा उत्साह बढाओस् । यस्तो जानकारी पाऊँ भनी टिमका सदस्यले पनि मेनेजरलाई सोध्न सक्छन् । यसबाहेक, प्रोजेक्ट मेनेजरले टिमका सदस्यले दिएका योगदानलाई कसरी उपयोग गर्ने भन्ने बारेमा पनि निर्णय गर्छ ।


स्पटलाइट

एउटा क्षेत्रीय सञ्चारमाध्यमको टिमले के कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको उदाहरण ‘स्पटलाइट टिम’ हो ।

२००२ मा ‘बोस्टन ग्लोब’ नामक पत्रिकाका पत्रकारले बोस्टन क्याथोलिक आर्चडाइसिसले पुरोहितले गरेका बाल यौन दुराचारका घटनाको ढाकछोप गरेको थाहा पायो । उनीहरूले यस विषयमा रिपोर्ट छापेपछि मात्रै अमेरिकाका अरू सञ्चारमाध्यमले आफ्ना क्षेत्रमा भएका यस्तै घटनाबारेमा खोज गरे ।

यस खोजका बारेमा फिल्म बनाइयो र २०१५ मा ‘स्पटलाइट’ का नाममा रिलिज गरियो ।

अनि

पनामा पेपर

खोज पत्रकारिताका क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा गरिएको आपसी सहयोगको एकदमै राम्रो उदाहरण ‘पनामा पेपर्स’ हो ।

पनामाको एउटा कानूनी फर्मबाट लिक भएका तथ्यांकको अध्ययन गर्न ५० वटा देशका ४०० जना जति पत्रकारले एक वर्षसम्म टिममा मिलेर खोज गरे । यस खोजले के पत्ता लगायो भने राजनीतिज्ञ, खेलाडी, अपराधी र अन्य केही मानिसले पनामाको अफशोर अकाउन्टलाई गैरकानूनी कामका लागि उपयोग गरेका रहेछन् । उनीहरूले एक करोड १० लाख वटा कागजपत्रको विश्लेषण गरे । यति काम एकजना पत्रकारले गर्नु परेको भए उसले आफ्नो जीवनभरमा पनि गर्न सक्दैनथ्यो । यस उदाहरणले के देखाउँछ भने टिम कत्रो हुनुपर्छ भन्ने कुरा त्यसले कति जानकारी हेर्नुपर्छ र त्यसमा कस्ता पत्रकार संलग्न छन् भन्नेमा निर्भर गर्छ ।

संसारको सबैभन्दा ठूलो वित्तीय घोटालाका सम्बन्धमा उनीहरूले गरेको अध्ययनको रिपोर्ट सन् २०१६ मा संसारका विभिन्न देशका विभिन्न सञ्चारमाध्यममा विभिन्न भाषामा छापिए ।
.


टिम बनाएर काम गर्ने हो भने थप कदमबारे योजना बनाउन जरूरी हुन्छ । पहिलो परियोजना मेनेजर तोक्नु । परियोजना मेनेजरको काम धेरै महत्वपूर्ण छ किनभने टिमका सबै सदस्यले पर्याप्त र उचित योगदान गरुन् भन्ने कुरा यकिन गर्ने काम उसको हो । टिमका सबै सदस्यले गरेका काम भेला पार्नु पनि उसको काम हो । दोस्रो कदम भनेको कार्यशाला चलाउनु हो जसमा टिमका सबै सदस्यले स्टोरीको विषयका बारेमा चिन्तन गर्छन् र यो यो काम गर्नुपर्छ भनी सूची बनाउँछन् ।