WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

पत्रकारले स्टोरी गर्ने प्रायः सबै विषयका विज्ञ भेटिन्छन् । इतिहासकार, अनुसन्धानकर्ता, वकिल, इन्जिनियर आदि । बहुराष्ट्रिय कम्पनी जस्ता नाफामूलक संस्थासम्बन्धी स्टोरी गर्दा सही विज्ञको छनोट गर्नुपर्छ । उदाहरणका लागि, आफूले जुन कम्पनीका बारेमा खोज गरिरहेको हो त्यस्तै कम्पनीका लागि काम गर्ने विज्ञ । तर आफूले कुरा गर्न लागेका विज्ञले त्यो विज्ञता कसरी हासिल गरे, आफूले अनुसन्धान गर्न लागेका विषयमा उनी पनि संलग्न थिए कि जस्ता कुरा पहिल्यै थाहा पाउनुपर्छ । अलिकति फरक तर सम्बन्धित विषयका विज्ञले नयाँ अन्तरज्ञान दिन सक्छन् । मानवअधिकार उल्लंघनका विषयमा स्टोरी गर्न लागेको भए वकिल, प्रहरी, डाक्टर अथवा सोधपुछकर्ता पनि उपयोगी स्रोत हुनसक्छन् ।

तर, सबै विज्ञको हैसियत एकै हुँदैन । सबै विज्ञ विश्वास गर्न योग्य पनि हुँदैनन् । विज्ञ छान्ने वेलामा आफूले पत्याएका पत्रकारको सल्लाह लिंदा राम्रै हुन्छ, तिनका बारेमा इन्टरनेटमा जानकारी खोज्दा हुन्छ । उनीहरूले कसका लागि अनुसन्धान गर्छन् भनी थाहा पाउनुपर्छ । व्यापारिक स्वार्थ भएका संस्थाको पैसामा अनुसन्धान गर्ने विज्ञ कुनै पक्षमा लागेका मान्छे जत्तिकै एकपक्षीय हुनसक्छन् । उनीहरूले गरेका काममा कस्तो आलोचना भएको छ भनी खोज्नुहोस् । कुनै पनि क्षेत्रका विवादास्पद विषयमा प्रशंसा र आलोचना दुवै हुन्छ भन्ने कुरा ख्याल गर्नुहोस् ।

विश्वसनीय ठानिएका विज्ञ (अथवा तिनका प्रतिवेदन) पनि सही छन् कि छैनन् भनी जाँच्नुपर्छ । विज्ञहरूबीचमै मतभेद छ भने त्यसलाई आनो सन्दर्भमा प्रस्तुत गर्ने तरिका थाहा पाउनुपर्छ जसले गर्दा पाठकले त्यसबाट अर्थ निकाल्न सक्छन् । धेरै विज्ञहरूका विचार कुनै पक्षमा प्रबल देखिन्छ भने विज्ञले भनेका कुरा मान्नु ठीकै हो । तर यसो गर्दा गल्ती हुन पनि सक्छ । विज्ञहरू नै दुई पक्षमा बराबरी बाँडिएका छन् भने यो कुराको व्याख्या गर्ने काम पाठकलाई छाडिदिनुपर्छ । मिडियाले लामो समयसम्म विश्वव्यापी तापक्रम वृद्धिसम्बन्धी विवादका पक्ष र विपक्षका कुरा प्रस्तुत गरे । धेरै पछि मात्र उनीहरूले के थाहा पाए भने विश्वव्यापी रूपमा तापक्रम बढ्दैछ भन्ने कुराको विरोध गर्ने ‘विज्ञ’ हरू त ऊर्जा कम्पनीका तलबी प्रवक्ता पो रहेछन् । वास्तवमा, वैज्ञानिक प्रमाणले त धेरै पहिले नै विश्वव्यापी तापक्रम बढ्दैछ र यो खतरनाक छ भनिसकेका थिए ।

सरकार राम्ररी चलेका अधिकांश देशमा सरकारी विभाग र विज्ञलाई सूचनाको सबैभन्दा बढी विश्वसनीय स्रोत मानिन्छ । वैज्ञानिक रिपोर्ट, बैठकका निर्णय पुस्तिका, अदालती कारबाही र दर्ता जस्ता स्रोत लामो समयदेखि निष्पक्ष भइआएका छन् । तर मुख्य र विवादास्पद विषयमा स्टोरी गर्न लागेका वेलामा यस्तो ठान्नु मूर्खता र खतरनाक हुनसक्छ । सरकारी विज्ञ पनि अरू विज्ञ जस्तै सही पनि हुनसक्छन्, गलत पनि हुनसक्छन् । कहिलेकाहीं जानकारी प्रस्तुत गर्दा कुनै एउटा पक्षमा जोड दिनु, अर्काे पक्षको कुरा लुकाउनु भनी उनीहरूलाई सरकारले दबाब दिएको पनि हुनसक्छ । त्यसैले विज्ञले दिएका जानकारीमा कतिसम्म भर पर्ने भन्ने निर्णय गर्न यी जानकारी कुन सन्दर्भमा दिइएका हुन्, यी जानकारी दिनुको उसको उद्देश्य के हो भनी केलाउनुपर्छ । तर के कुरा ख्याल राख्नुपर्छ भने सरकारी विज्ञसँग अत्यन्तै धेरै ज्ञान हुन्छ । उनीहरू सधैंभरि गलत हुन्छन्, अथवा सही हुन्छन्, निष्पक्ष हुन्छन् भन्ने ठान्नुहुँदैन । अरू स्रोतबाट पाएका जानकारी जसरी जाँच्नुपर्छ विज्ञबाट पाएका जानकारी पनि त्यसरी नै जाँच्नुपर्छ । अर्काे स्रोतबाट प्राप्त जानकारीसँग भिडाउनुपर्छ । कहिलेकाहीं सरकारी विज्ञसँग अनौपचारिक वा अफ द रेकर्ड कुराकानी गर्दा पनि धेरै जानकारी पाउन सकिन्छ । तर अनौपचारिक रूपमा जानकारी लिंदा उनीहरूलाई कोट गर्न भने पाइँदैन ।

अन्तर्राष्ट्रिय संस्थालाई हामीले प्रायशः लिखित प्रतिवेदन र नीतिका स्रोत मात्र मानिआएका छौं । तर यस्ता संस्था स्वदेश र उनीहरूले काम गरिरहेका देश दुवै ठाउँमा सूचनाका उपयोगी स्रोत हुनसक्छन् । उनीहरूले तपाईंलाई सहयोग गर्नैपर्छ भन्ने छैन तर सही तरिकाले सम्पर्क गरेका खण्डमा, खासगरी तपाईंले जानकारी खोजिरहेको विषयमा उनीहरूले रुचि राखेका रहेछन् भने जानकारी दिन सक्छन् । तर दातृ संस्था (अरू संस्थामा पनि यस्तै हुन्छ) का आनै नीति र सिद्धान्त हुन्छन् । ती विज्ञ तिनै नीतिबमोजिम मात्र चल्छन् । थप अनुसन्धान गर्दा उनीहरूका टिप्पणी र उनीहरूले दिएका जानकारीको सन्दर्भ बुझ्न सकिन्छ । यसका आधारमा सन्तुलन मिलाउनका लागि अर्काे विज्ञसँग अन्तर्वार्ता लिनुपर्छ कि पर्दैन भनी निर्णय गर्न सकिन्छ ।

कहिलेकाहीं आफूले निश्चित विषयमा खोज गरिरहेको र यससम्बन्धी केही जानकारी पहिल्यै पाइसकेको छु भनी स्रोतलाई थाहा दिएर थप जानकारी दिन उनीहरूलाई झकझक्याउन सकिन्छ । कहिलेकाहीं यस्तो कुरा आना सूत्रमार्फत बताउन सकिएला, कहिलेकाहीं आफूले स्टोरी गरिरहेको विषयमा प्रारम्भिक स्टोरी छापेर पनि बताउन सकिएला । यस्ता वेलामा तपाईंलाई थप जानकारी दिन कोही मानिस आफैं तयार हुनसक्छन् अथवा पहिले जसले जानकारी दिन आनाकानी गरेको थियो उसले पनि तपाईंको स्टोरी ‘सच्याउन’ जानकारी दिन सक्छ । यस्तो चालका राम्रा र नराम्रा पक्ष के हुन् विचार पु¥याउनुपर्छ । कहिलेकाहीं यसले उल्टो असर गर्न सक्छ । यसो गर्दा तपाईं फलानो विषयमा स्टोरी गर्दै हुनुहुन्छ भन्ने थाहा पाएर मानिसले सतर्क भई यस विषयसँग सम्बन्धित जानकारी लुकाउन सक्छन् । स्टोरी गर्न तपाईंलाई रोक्ने प्रयास पनि गर्न सक्छन् ।

आनो स्टोरीका लागि चाहिने जानकारी दिने विज्ञ भेटिएन भन्दैमा स्टोरी गर्न छाड्नुपर्छ भन्ने छैन । तपाईंको मान्यता गलत हुनसक्छ, अथवा तपाईंले गलत विज्ञलाई सोधेको हुनसक्छ अथवा तपाईंका प्रश्न गलत हुनसक्छन् । तपाईंले आनो स्टोरीमा विविध विचार समेट्नुभएको छ भने तपाईं एकोहोरो भएर एउटा पक्षमा लाग्नुभएको छैन भन्ने देखिन्छ । यसो भएपछि फरक विचार भएका विज्ञहरू आना कुरा बताउन इच्छुक हुनसक्छन् ।