WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

आधिकारिक प्रवक्ता र कुनै पक्षको वकालत गर्ने मानिसलाई हामी ‘रप्फु गर्ने मान्छे’ भन्छौं । उनीहरूलाई जागिर दिने मानिसको हितमा काम गर्न र उनीहरूका गलत काममा रप्फु भर्नका लागि जागिर दिइएको हो । तर को मानिसले रप्फु भर्ने काम पाएको छ भनी पत्ता लगाउन सधैंभरि सजिलो हुँदैन । हो, मन्त्रीको प्रेस सल्लाहकार यस्तै मान्छे हो । तर निश्चित विषयका निश्चित पक्ष अथवा निश्चित पार्टीको हितमा काम गर्न गोप्य तवरले पैसा दिएर खटाइएका पत्रकारलाई कसरी चिन्ने ? भूमिगत तवरले काम गरेर पत्रकारलाई खुसुक्क स्टोरीको प्याकेज दिने अधिकारी अथवा व्यापारिक स्रोतलाई के भन्ने ? अथवा कुनै ‘विज्ञ’ ले निश्चित वस्तुको प्रवद्र्धनका लागि कुनै व्यापारिक कम्पनीबाट पैसा पाउने गरेको छ कि ? राख्ने व्यक्तिको नाम नखुलाइकन वेबसाइटमा राखिएका जानकारीलाई कसरी लिने ? ठूला तथा साना स्वार्थ प्रवद्र्धन गर्नका लागि रप्फु भर्ने यस्ता नयाँ खालका मानिसलाई काम लगाउने चलन बढिरहेको छ । उदाहरणका लागि, अमेरिकी सरकारले खाडी युद्धको सार्वजनिक छवि ‘व्यवस्थापन’ गर्न व्यापारिक संस्थाको उपयोग गरेको थियो र त्यस संस्थाका मुख्य कार्यकारी अधिकृतले गर्वका साथ आफूलाई ‘सूचना योद्धा’ भन्ने गर्थे ।

फलानाले रप्फु गर्छ भनेर थाहा पाइसकेपछि उसँग सतर्क रहन सजिलो हुन्छ तर गलत समाचारबाट जोगिन चाहिं गाह्रो छ । मन्त्रीका प्रवक्तालाई समस्या लुकाउन र उपलब्धिबारे प्रचार गर्न जागिर दिइएको हो भन्ने तपाईंलाई थाहा हुन्छ । उनीहरूले ढाँटेका खण्डमा थोरै अनुसन्धान गर्ने वित्तिकै यो कुरा पत्ता लागिहाल्छ । त्यसैले साह्रै कच्चा मानिसले मात्र ढाँट्न खोज्छ । शुरूमा अलि राम्रो अनुसन्धान ग¥यो र केही मानिससँग कुराकानी ग¥यो भने उसले ढाँटेका कुरा थाहा भइहाल्छ । यहाँ के कुरा सम्झनुपर्छ भने प्रवक्ताले आफूलाई जिम्मा दिइएको काम गरेका हुन्, जसरी तपाईं आनो काम गरिरहनुभएको छ ।

सरकार र धेरै ठूला कम्पनीले आधिकारिक प्रवक्ताबाहेक गुप्तचर संस्थाको पनि उपयोग गर्ने गर्छन् जसले लुकिछिपी आना मालिक र कहिलेकाहीं आनो समेत स्वार्थ पूरा गराउन प्रयास गर्छन् । सद्दाम हुसेनसँग ‘आम विनाशकारी हतियार’ भएको भनी सञ्चारमाध्यममार्फत प्रचार गराउन अमेरिकी सरकारले गुप्तचर निकायको प्रयोग गरेको थियो जुन कुरा पछि गलत सावित भयो ।

आफूले चाहेजस्ता स्टोरी छाप्न लगाउनु गुप्तचर विभागको दैनिक काम हो जसले मिडियालाई प्रभावित पार्न आनो एउटा विभागलाई नै खटाएको हुन्छ । खोजकर्ताले के के कुरा थाहा पाएको छ भन्ने जान्न गुप्तचरले पत्रकारको चियो गर्छन् र पत्रकारलाई आनो काममा भर्ती गर्न कोशिश समेत गर्छन् (कहिलेकाहीं यसो गर्न उनीहरू सफल पनि हुन्छन्) । तर उनीहरूको मुख्य काम तथ्य बंग्याउनका लागि पत्रकारलाई र पत्रकारमार्फत आम मानिसलाई गलत कुरा बताउनु हो । यसो गर्दा उनीहरू प्रायशः आफैंले देखेको घटना झैं गरी वर्णन गर्छन् । महत्वपूर्ण टेप र डकुमेन्ट दिएर तपाईंलाई सहयोग गर्न कोही मानिस एकदमै उत्साही देखियो भने उसँग अत्यन्त सतर्क हुनुहोस् । उसले महान् उद्देश्यका लागि यसो गरेको जस्तो लागे पनि सतर्क हुनुपर्छ ।

अफ्रिकाली खोज पत्रकार सञ्जालका संस्थापक इभेल्यान ग्रोयनिंकले अफ्रिकी नेशनल कंग्रेसका प्रतिनिधि डुल्सीको सेप्टेम्बरको १९८८ मा पेरिसमा भएको हत्या सम्बन्धमा खोज गरेका थिए । यस घटनामा फ्रेन्च गुप्तचरले विदेशी हत्यारा ‘पहिचान’ भइसकेको भनी समाचारपत्रमा गलत रिपोर्ट घुसाएका थिए । ग्रोयनिंकलाई एकजना फ्रेन्च हतियार डिलरसँगको ‘३०० घण्टा लामो रेकर्डेड कुराकानी’ उपलब्ध गराउँछु भनिएको थियो । उसको उद्देश्य महान् जस्तो देखिन्थ्योः गलत काम बाहिर ल्याउनु । तर ग्रोयनिंकले यस कामका लागि पैसा, समय, चियोचर्चाे गर्ने अवसर, प्लेन टिकट र सम्पर्क सूत्र त्यो मान्छेले कहाँबाट पायो भनी सोधेपछि त्यो स्रोत हरायो, लन्डन गएछ । ग्रोयनिंकलाई के शंका लागेको छ भने त्यो मानिस अहिले लन्डन बसेर संयुक्त अधिराज्य सरकार अथवा संयुक्त अधिराज्यको कुनै हतियार कम्पनीमा काम गर्छ ।

यस सम्बन्धी सामान्य नियम के हो भने स्रोतले तपाईंलाई खोज्ने होइन तपाईंले स्रोतलाई खोज्नुपर्छ । कसैले कुनै अँध्यारो ठाउँमा भेटेर तपाईंलाई जानकारी दिन्छु भन्यो भने त्यो मान्छे तिनै रप्फु भर्ने मान्छेमध्ये हुनसक्छ । विवादास्पद विषयमा तपाईंले कुराकानी गर्न खोजेका प्रायः स्रोतले बोल्न आनाकानी गर्न सक्छन्, बोलिहालेमा पनि अफ द रेकर्ड भन्ने शर्त राख्न सक्छन् । अथवा आनो नाम उल्लेख नगर्ने शर्तमा मात्र बोल्न सक्छन् । तपाईंले जसरी पनि त्यो मानिसको सक्कली रूप के हो भनी थाहा पाउनुपर्छ । आनो स्रोतको पृष्ठभूमि बारेमा सबै कुरा थाहा छैन भने त्यो मानिस आफूले कुरा गर्न लागेका विषयमा बोल्न योग्य छ कि छैन भन्ने कुरा थाहा हुँदैन । आनो परिचय नदिइकन फोनमा मात्र कुरा गर्ने स्रोत सबैभन्दा शंकास्पद हुन्छ, यद्यपि वाटरगेट काण्डका डिप थ्रोटले पनि यसै गरेका थिए ।