WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

मानिसले धेरै कारणले पत्रकारलाई स्टोरीको टिप्स दिन्छन् । उनीहरूमध्ये धेरैले खोज पत्रकारितालाई सघाउने अथवा गलत काम बाहिर ल्याउने उद्देश्यले त्यसो गरेका हुँदैनन् । तपाईंले खोजेर भेटेका मान्छेका हकमा पनि यही कुरा लागू हुन्छ । उनीहरूले जे भन्छन् त्यसमा व्यक्तिगत दुश्मनी, परिस्थिति अथवा आस्थाले प्रभाव पारेको हुनसक्छ । उनीहरूले कुनै पक्षलाई बढाइँचढाइ गरेका हुनसक्छन् । कुनै पक्ष लुकाएका हुनसक्छन् । कोही तपाईंलाई सहयोग गर्न बढी नै इच्छुक हुनसक्छन् र उनीहरूले तपाईंले जस्तो जवाफ सुन्न चाहनुभएको छ त्यस्तै जवाफ दिनसक्छन् । स्रोतका बारेमा अनुसन्धान गर्दा उनीहरूका कति र कुन कुरा पत्याउने भन्ने थाहा पाइन्छ । तपाईंसँग कुराकानी गरेका वेलामा उनीहरूका व्यवहार हेर्दा पनि उनीहरू बारे केही कुरा जानिन्छ ।

कहिलेकाहीं मानिसले अन्जानमै गल्ती गर्छन्, स–साना विवरण भुल्छन् । यी सबै कारणले गर्दा आफूले पाएका जानकारी बारे तेस्रो व्यक्ति, स्वतन्त्र स्रोतसँग बुझेर ती सही हुन् कि होइनन् भनी यकिन गर्नुपर्छ । तपाईंको स्टोरीको विषयका बारेमा एकापसमा कुराकानी नगरेका दुईवटा स्रोतले दिएका सबै प्रमाणले एउटै दिशातिर संकेत गरेको हुनुपर्छ । एउटै विन्दुतिर संकेत गरेको हुनुपर्दैन किनभने यस्तो आक्कलझुक्कल मात्र हुन्छ ।

आफूले भेटेको अर्काे स्रोतले आफूले पहिले थाहा पाएको भन्दा भिन्न जानकारी दियो भने के गर्ने ? यस्तो अवस्थामा तपाईंले दुवै पक्षका कुरा राखिदिन सक्नुहुन्छ अथवा यस्तो द्वन्द्वलाई आफ्नो स्टोरीमा राख्न सक्नुहुन्छः ‘गृह मन्त्रालयले सशस्त्र व्यक्तिले सीमा पार गरेको बताए पनि रक्षा मन्त्रालयले भने सीमा पार गर्ने व्यक्तिहरू निरस्त्र रहेको बतायो ।’ केही जानकारी आफूले गरिरहेको स्टोरीको मान्यता अनुरूप पाइएनन् भने तिनको उपेक्षा गर्नुहुँदैन । उपेक्षा गर्दा तपाईंको विश्वसनीयता र पेशागत दायित्व दाउमा पर्छ । केही राम्रा, धेरै स्रोतसँग राम्रो सम्बन्ध भएका पत्रकार कहिलेकाहीं एउटा मात्रै स्रोतमा भर पर्न सक्छन् । तर हामीले तिनको सिको गर्न खोज्नुहुँदैन ।

आफूले जोसँग कुरा गर्ने हो ऊ उसले दाबी गरेकै मान्छे हो ? कसैले कुनै विषयमा अनुसन्धान गरेको छु भन्यो भने उसले साँच्चिकै त्यो काम गरेको हो भनी खोज्नुपर्छ । स्रोतले आफूले फलानो ठाउँमा काम गरेको थिएँ भन्यो भने त्यसको प्रमाण उसले दिन सक्छ ? उसको ठेगाना, पारिवारिक पृष्ठभूमि, परिचयपत्र अथवा चालक अनुमतिपत्र दिन÷देखाउन सक्छ । स्रोतले यी जानकारी नदिन बल ग¥यो भने उसले यसो गर्नुका पछाडि कुनै जायज कारण छन् ? उसले दिएका जानकारी पत्याउने कि नपत्याउने भन्ने निर्णय गर्दा यो प्रश्नमा पनि ध्यान दिनुपर्छ । पहिले अपराध गरेका, व्यक्तिगत समस्या भोगेका, मानसिक समस्या भएका, आर्थिक समस्यामा परेका, हिंसा वा ठगी गर्ने काममा लागेका मानिसले भनेका कुरामा विशेष सतर्क हुनुपर्छ ।

स्रोतले पूर्ण जानकारी अथवा पूर्ण प्रमाण दियो ? उसले दिएका जानकारी अथवा प्रमाण अरू स्रोतबाट प्राप्त जानकारी वा प्रमाणसँग भिडाउँदा कुनै विषयको पूरा तस्वीर झल्कन्छ ? कुनै कुरा थाहा पाउन अझै बाँकी छ ? स्रोतले भोगेजस्तै व्यवहार उसको समुदायका सबैले भोगेका छन् ? उसले भनेका कुरा अद्यावधिक हुन् अथवा धेरै पुराना हुन् जसका सम्बन्धमा यस बीचमा धेरै परिवर्तन भइसकेको हुनसक्छ अथवा धेरै पुराना कुरा हुनाले उसले अहिले ठीकसँग सम्झन नसकेको हुन सक्छ ?