WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

खोज पत्रकारिता गर्दा कहिलेकाहीं जोखिम हुनसक्छ खासगरी राजनीतिक विषयमा रिपोर्टिङ गर्नुलाई संवेदनशील ठानिने र पत्रकारलाई पक्राउ गर्ने अनि मार्ने चलन भएका देशमा । त्यसैले, सतर्क भएर (भूमिगत नभए पनि) काम गर्नुपर्छ । स्टोरी छापिंदा के कस्ता खतरा आइलाग्न सक्छन् भनी स्रोतलाई सतर्क गराउने दायित्व तपाईंको हो । यसका साथै स्रोतले जानकारी दिएर सहयोग गर्दा यसले समाजलाई फाइदा पु¥याउँछ, त्यसबाट सार्वजनिक हित हुन्छ भन्ने कुरा पनि बताउनुपर्छ । दुवै पक्षका सबै जानकारी स्रोतलाई दिइएको छ भने मात्र उसले आनो नाम स्टोरीमा राख्नका लागि ‘इन्फम्र्ड’ स्वीकृति दिएको मानिन्छ । तपाईंसँग भेट्दा, स्टोरीले उठाउन खोजेका विषयमा फोनमा कुरा गर्दा अथवा इमेलमा जानकारी आदानप्रदान गर्दा आफूलाई के जोखिम आइलाग्छ भन्ने कुरा स्रोतले बुझेको हुनुपर्छ ।

अरूले कुरा सुन्न सक्ने, लुकाएको माइक्रोफोनमार्फत रेकर्ड गर्न सकिने, फोन रेकर्ड हुन सक्ने अथवा इमेल ह्याक हुनसक्ने अवस्थामा स्रोतसँग स्टोरीका विषयमा कुरा नगर्नुहोस् । सेलफोनलगायतका फोन ट्रयाक गर्न र तपाईं कहाँ हुनुहुन्छ भन्ने थाहा पाउन ट्रयाकिङ संकेत उपयोग गर्न धेरै सजिलो छ । कसैलाई गोप्य रूपमा भेट्नु छ भने फोन बन्द गर्नुहोस् र त्यसको ब्याट्री झिक्नुहोस् । स्रोतसँग सम्बन्धित नोट अथवा रेकर्ड सुरक्षित राख्ने व्यवस्था मिलाउनुहोस् । तपाईंले गरिरहेको खोजको विषय र कामसँग असम्बन्धित तेस्रो व्यक्तिकहाँ राख्दा अझ राम्रो हुन्छ ।

ठूला र शक्तिशाली मानिसले गरेका सूचना ढाकछोप, उनीहरूले बोलेका झूटा कुरा र उनीहरूले गरेका अपराधबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय त्यस्ता मानिससँग कुराकानी गर्नु हो जो सार्वजनिक रूपमा पहिचान खुलेका छन्, स्पष्टवक्ता छन् र उनीहरूलाई तपाईंको स्टोरीको विषयका बारेमा धेरै कुरा थाहा छ । यस्ता मानिस पत्ता लगाउन समय खर्च गर्नुपर्छ । तर हामीले आफूसँग कुराकानी गर्न, उसका कुरा रेकर्ड गर्ने गरी कुराकानी गर्न कसैलाई दबाब दिनुहुँदैन । उनीहरूले किन आनाकानी गरेका होलान् भनी तपाईंले थाहा पाउनुपर्छ । यस्तो कुरा सोध्न नडराउनुहोस् । यो कुरा तपाईंले भनेको भनी छापियो भने तपाईंलाई के कस्तो अप्ठ्यारो पर्छ ? भनी उसलाई सोध्न सकिन्छ । कहिलेकाहीं व्यक्तिगत डरले गर्दा स्रोतले कुरा नबताउन सक्छ । संवेदनशील विषयमा कर्मचारीले बोल्यो भने उसलाई हाकिमले सरुवा र कारबाही गर्न सक्छ । एचआईभी लागेका व्यक्तिले खुलेर बोल्यो भने उसलाई उसको समुदायका मानिसले आक्रमण गर्न सक्लान् । विषयमा कुराकानी गर्नुभन्दा पहिले नै स्रोतलाई तपाईंको नाम केही मानिसलाई थाहा हुनसक्छ भनी बताइदिनुहोस् । अथवा उसको पहिचान कसरी लुकाउँछु, उनीहरू बसेको ठाउँ, हैसियत, पृष्ठभूमि र लिंगका बारेमा कसरी उल्लेख गर्छु भनी उनीहरूलाई बताइदिनुपर्छ । यस्ता स्रोतले कुनै जानकारी अफ द रेकर्डमा मात्रै बताउँछु, कुनै जानकारी पृष्ठभूमि बुझ्नका लागि मात्रै दिन्छु अरूलाई बताउनका लागि होइन भनेका खण्डमा उनीहरूका शर्त मान्नुहोस् । यसो गर्नु किन आवश्यक छ भनी सम्पादक र स्टोरी बनाउने काममा संलग्न अरू मानिसलाई बुझाउनुपर्छ । सम्पादकले स्रोतको नाम आफूलाई चाहिं बताउनुपर्छ भन्न सक्छ । यसो गर्दा यो कुरा सम्पादकबाहेक अरूलाई थाहा दिनुहुँदैन पनि प्रष्ट पार्नुपर्छ । रिपोर्टर र स्रोतबीचको सम्बन्धका बारेमा लागू हुने सबैभन्दा महत्वपूर्ण नियम यही हो । तपाईंले कुनै स्रोतलाई तिम्रो पहिचान खुलाउँदिन भनेर वचन दिनुभएको छ भने त्यसको पालना गर्नुपर्छ । यसो गर्दा जेल जानुपर्छ भने त्यसका लागि पनि तपाईं तयार रहनुपर्छ । आफूले पछि पालना गर्न नसकिने खालका आश्वासन स्रोतलाई दिनुहुँदैन । स्रोतलाई यातना पाउने अवस्थामा पु¥याउने गरी उसको नाम उल्लेख गर्नुभन्दा नाम बताउन नचाहने स्रोत भनी उल्लेख गर्नु राम्रो हुन्छ ।

कहिलेकाहीं तपाईंको स्टोरीमा उल्लेख भएका निश्चित जानकारीको स्रोत खुलाउनु भनी प्रहरीले रिपोर्टर र सम्पादकलाई पत्र काट्न सक्छ । यसो गर्दा तपाईंको सूचनाको स्रोतलाई क्षति पुग्छ । स्रोत बता भनी अदालतले आदेश दियो भने त्यो नबताउँदा अदालतको अवहेलना मुद्दा लाग्न सक्छ । खोजको काम थाल्नुभन्दा पहिले नै स्रोतको सुरक्षा गर्नका लागि यो यो काम गर्न सक्छु भनी तयार हुनुपर्छ ।


‘मलाई सूचना दिने एकजना स्रोतको हत्या गरियो । पत्रकारिता पेशामा मैले भोगेको यो सबैभन्दा नराम्रो अनुभव हो । उनीसँग उनले मलाई बताएभन्दा बढी जानकारी भएकाले उनको हत्या गरिएको थियो । उनी यति जानकारी यसलाई दिंदा के हुँदोरहेछ भनेर जाँच्न चाहन्थे । उनले उनको पहिचान खुलोस् भन्ने चाहेका थिएनन् । स्टोरीमा उनको नाम खुलाइएको पनि थिएन । तर जुन सूचना बाहिर आयो त्यसका आधारमा त्यस काममा संलग्न मानिसले यी सूचना कसले दिएको हो भनी सजिलै थाहा पाउँथे । त्यसैले उनको हत्या गरियो । त्यसैले स्रोतले पनि टुक्राटाक्री जानकारी दिंदा आनो ज्यान जाँदैन भन्ने ठान्नुहुँदैन । यसो गर्नुभन्दा नामै दिएर जानकारी दिनु राम्रो हुन्छ जसले गर्दा कसैले तपाईंका विरुद्ध केही ग¥यो भने तपाईंले जानकारी दिएकाले यस्तो गरिएको हो भनेर आम मानिसले थाहा पाउँछन् । स्रोतको सुरक्षा गर्ने कामको एउटा पाटो यो हो ।’

साम सोल, मेल र गार्डियन, जोहान्नेसबर्ग


तर, स्रोतको सुरक्षा गर्नु परेका खण्डमा मात्रै स्टोरीमा स्रोतको पहिचान लुकाउन पाइन्छ । पहिचान नबताइएका स्रोतको निगरानी गर्न कठिन हुन्छ, यसो गर्दा गलत रिपोर्टिङले प्रोत्साहन पाउन सक्छ र स्टोरीप्रति पाठकको विश्वास कम हुन्छ । तर यसो गर्दा कतिपय अवस्थामा देखी वा भोगी जानेका, स्टोरीसँग सम्बन्धित संस्थाकै मानिसबाट जानकारी पाइन्छ अथवा थप प्रमाण भेटिन्छ । स्रोतको पहिचान कस्तो वेलामा लुकाउने र कस्तो वेलामा नलुकाउने भन्ने विषयमा आनो प्रकाशन, स्रोत र स्टोरीको अवस्था हेरेर निर्णय गर्नुपर्छ । स्टोरीमा स्रोतको परिचय कसरी दिइन्छ भन्ने बारेमा स्रोतलाई सकेसम्म स्पष्टसँग बताउनुपर्छ । जस्तै, ‘वन मन्त्रालयका एकजना वातावरण वैज्ञानिक’ भन्नु एकजना वैज्ञानिक भन्नुभन्दा उपयुक्त हुन्छ । त्यस मन्त्रालयमा एकजना मात्रै वातावरण वैज्ञानिक रहेछन् भने चाहिं मन्त्रालयका वातावरण वैज्ञानिक भन्दा स्रोतको पहिचान लुक्दैन ।