WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

अधिकांश स्टोरी रिपोर्टरका आफ्ना रुचिका क्षेत्रका हुन्छन् । प्रकाशित भइसकेका स्टोरीमा उठाइएका प्रश्न अथवा भइरहेका घटनाबाट स्टोरी उब्जन्छन् । कतै पढेका कुनै सामग्री, व्यक्तिगत अनुभव अथवा कसैसँगको कुराकानी अथवा कसैले गरेका कुनै टिप्पणीले कुनै स्टोरी गर्न प्रेरित गर्छन् । यहाँ के कुरा सम्झनु जरूरी छ भने सधैंभरि, लगातार राम्रा स्टोरीका आइडिया निकाल्न सजिलो हुँदैन । पत्रकारका लागि यो सबै भन्दा कठिन काम पनि हुनसक्छ ।

पहिलो, सपनाः उदीयमान खोज पत्रकार शुरू–शुरूमा प्रायशः अँध्यारा गल्लीमा कसैले गोप्य डकुमेन्ट आफूलाई दिएको, त्यसका आधारमा पत्रिकाको पहिलो पेजमा आफ्नो बाइलाइनमा स्टोरी छापिएको, त्यस स्टोरीको खूब तारिफ भएको, आफू पत्रकारितामा स्थापित भएको र पुरस्कार पाएको सपना देख्छन् । कहिलेकाहीं यस्तै हुन पनि सक्छ । वाटरगेट काण्डसम्बन्धी स्टोरी अज्ञात व्यक्तिले दिएको सुराकका आधारमा तयार भयो जसका कारणले राष्ट्रपति रिचार्ड निक्सनले राजीनामा दिनुप¥यो । तर राजनीतिक भ्रष्टाचारका विषयमा अज्ञात व्यक्तिले फोन गर्ने वा अति गोप्य कागजात दिने घटना आक्कलझुक्कल मात्र हुन्छन् । यसो भएका खण्डमा पनि तिनको जाँच एकदमै राम्रोसँग गर्नुपर्छ । पत्रकारितामा वाटरगेट स्टोरीबारेमा बारम्बार चर्चा गरिनुको कारण यो चर्चित भएर मात्र होइन रिपोर्टरले यो स्टोरी गर्न उत्साहित र प्रतिबद्ध भएर जुन काम गरे त्यसले गर्दा पनि हो । यो सबैभन्दा उच्च तहमा गरिएको राजनीतिक भ्रष्टाचार सम्बन्धी गज्जबको स्टोरी पनि हो ।

दोस्रो, पत्रकार सधैंभरि ड्यूटीमा हुन्छन् । उनीहरूले आँखा सधैंभरि खुला राख्नुपर्छ र बाटो हिंड्दा आफूले जे जे देखेको हुन्छ ती सबै कुरा याद गर्नुपर्छ । मानिसहरू विभिन्न सेवा लिन लामो लाइन लागेको, अस्पतालमा बिरामीमाथि दुव्र्यवहार भएको आदि कुरा ख्याल गरिराख्नुपर्छ । झट्ट हेर्दा देखिएभन्दा बढी स्टोरी आइडिया पाइन सक्छन् जसका बारेमा थप खोज र अनुसन्धान गर्नुपर्ने हुन्छ । आफ्नो नोटबूकको एउटा खण्डमा आफूले देखेका अथवा आफ्नो दिमागमा आएका स्टोरी आइडिया टिप्नुपर्छ । तिनलाई मोबाइलमा रेकर्ड गर्नुपर्छ ।

तेस्रो, घटना भएको ठाउँ हेरिसक्दा, मानिससँग कुराकानी गरिसक्दा र सबै कुरा टिपिसक्दा पनि पत्रकारले ‘पर्याप्त प्रमाण’ नभेटेको गुनासो गर्छन् । तर उनीहरूले प्रमाण पहिल्यै भेटिसकेका हुन्छन् । आफूलाई आइपरेको कुनै कुराबाट थालेको स्टोरी अरूले भोगेको कुराबाट थालेको स्टोरीभन्दा कम महत्वपूर्ण हुँदैन । अझ राम्रो के हुन्छ भने के भएको हो भन्ने कुरा आफैंले भोग्दा झन् राम्रोसँग थाहा पाइन्छ । आफैंले भोगेको घटनाका बारेमा आफूले टिपेका नोटका आधारमा स्टोरीको झन् राम्रो योजना बनाउन सकिन्छ । सम्झनामा कहिल्यै पनि भर पर्नुहुँदैन । राम्रो क्यामरा भएको मोबाइल फोन पत्रकारको उपयोगी साथी हो । कुनै नराम्रो कुरा भएको देख्ने बित्तिकै त्यसको फोटो खिचिहाल्नुपर्छ ।