WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

बजारमा बसेर गफ चुट्ने, सडकछेउमा पसल गर्ने, ट्याक्सी चालक र यात्री, गल्फ खेलाडीका सामान बोक्ने, राजनीतिक दल र प्रहरीका नजिकका मान्छे, जग्गा दलाल अनि बार र क्याफेका सञ्चालकले जति गफ दिन अरू कसैले जानेको हुँदैन । उनीहरूले गरेका गफ र हल्ला चाँडै फैलन्छन् । मिडियालाई प्रायशः ‘अजेन्डा निर्धारण गरेको’ अथवा आफ्ना रुचिका विषय पाठकलाई थोपरेको आरोप लगाइन्छ तर हल्लाले पनि आफ्ना अजेन्डा निर्धारण गर्छ । पत्रकारले आफूले बनाउने स्टोरीका आइडिया थाहा पाउनका लागि सधैं चनाखो हुनुपर्छ र मानिसले के चर्चा गरिरहेका छन् भनी ध्यान दिनुपर्छ । कोही महिला हराइन् भने उनलाई कतै लगेर बेचियो कि रु मानिसले घरमै पारेको नयाँ खालको रक्सीको दुरुपयोग गरिरहेका छन् कि रु ख्यातिप्राप्त व्यापारीले अचानक पैसा खर्च गर्न छाड्यो कि रु शीर्षस्थ नेताले ठूलो अपराधीसँग हिमचिम बढायो कि रु गफ गर्नेहरूले यी सबै विषयमा कुरा गर्छन् । यीमध्ये धेरै सही हुनसक्छन् । तर मानिसले यस्ता गफ किन विश्वास गर्छन् भनी पत्रकारले सोध्नुपर्छ । यी कुराले हाम्रो समय र देशका बारेमा के बताउँछन् रु मानिसले फेसबूकमा के बारेमा हल्ला गर्दैछन् ?

यस्ता कुरा सुनेपछि पत्रकारले सबैभन्दा पहिले यी कुरा कति सत्य हुन् भनी जाँच्नुपर्छ । ती बारेमा जसलाई थाहा हुनुपर्ने हो उसलाई सोध्नुपर्छ । महिला हराएको हल्ला सुनियो भने उनको ठाउँका प्रहरीलाई सोध्नुपर्छ । मानिसहरूले घरेलु रक्सी धेरै खान थालेको हल्ला सुनियो भने डाक्टरलाई सोध्नुपर्छ । कुनै व्यापारी टाटपल्टन लागेको छ भन्ने हल्ला सुनियो भने उसकहाँ काम गर्ने मानिसलाई उसको व्यापारबारे सोध्नुपर्छ । बजारमा के कुरा चल्तीमा छ भन्ने जान्न वित्तीय विश्लेषकसँग बुझ्नुपर्छ । ती मानिसले हालसालै आफ्नो सम्पत्ति बेचेका छन् कि रु आफूले हल्ला सुनेका विषयसँग सम्बन्धित प्रहरीलाई नियाल्नुपर्छ । हल्लामा केही दम छ भन्ने लागेपछि मात्र स्टोरी बारे योजना बनाउन थाल्नुपर्छ ।