WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

भ्रष्टाचार’ भन्नाले धेरै थरीका गलत काम भन्ने बुझिन्छ । त्यसैले, पत्रकार आफूले के विषयमा खोज गर्न लागेको हो भन्ने कुरामा प्रष्ट हुनुपर्छ । झूटा कुरा र गलत जानकारी बारेमा हो कि, नियम उल्लंघन गरेको विषयमा हो कि ? नातावाद ९आफ्ना साथी वा परिवारका सदस्यलाई जागिर, ठेक्का दिएको वा पक्षपात० गरेको हो कि रु घूस खाएको हो कि ? लापरबाही गरेको हो कि ? नियन्त्रण नगरेको हो कि अथवा नियतपूर्वक गलत काम गरेको विषयमा हो कि ? भनी प्रष्ट हुनुपर्छ ।

त्यस्तो मान्यतालाई राम्रो मान्यता मानिन्छ जसलाई ठोस तथ्य उपयोग भएको खोजका आधारमा सही वा गलत भनी प्रमाणित गर्न सकिन्छ ९यसबारेमा अर्को खण्डमा थप छलफल गरिएको छ० । अस्पष्ट र धेरै ठूलो विषय समेटेको मान्यतालाई सही वा गलत भनी प्रमाणित गर्न सकिंदैन । त्यसैले, स्टोरी आइडिया स्पष्ट र ठोस हुनुपर्छ । व्यापारीले आफ्ना कामदारलाई पेन्सन वापत दिनुपर्ने करोडौं रुपैयाँ उनीहरूलाई नदिएर विलासी जीवन बिताउनु र सचिवले आफ्नो मन्त्रालयका लागि कफी बनाउने मेशीन आफ्ना नातेदारबाट खरीद गर्नुका बीचमा आकाश पातालको अन्तर हुन्छ । सम्पादकलाई म यो विषयमा स्टोरी गर्छु भनेर बताउँदा आफू कसरी खोज गर्छु भन्ने कुरा पनि बताउन सक्नुपर्छ । यस बारेमा शुरूकै चरणमा सोचविचार गर्नु राम्रो हुन्छ । यसो गर्दा कानूनी र आचारसंहिता सम्बन्धमा पछि उठ्न सक्ने दोधार÷दोमन पहिल्यै समाधान गर्न सकिन्छ । आफ्नो स्टोरीका लागि जानकारी संकलन गर्न भेष बदल्नुपर्छ भने त्यसो गर्ने कि नगर्ने भनी पहिल्यै विचार गर्न सकिन्छ ।