WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

प्रारम्भिक अनुसन्धान गर्दा आफ्नो शुरूको मान्यता ठीक छ कि त्यसलाई फेर्नुपर्छ भन्ने थाहा हुन्छ । शुरूमा जे भएको होला भनी सोचेको थियो पछि त्यसको ठीक उल्टो भएको पनि हुनसक्छ । यसका आधारमा रिपोर्टरले आफ्नो स्टोरीको मर्म झल्काउने आकर्षक हेडलाइन बनाउनुपर्छ । यो काम सम्पादकले होइन, जानकारीका स्रोतले पनि होइन रिपोर्टर आफैंले गर्नुपर्छ । पछि यो हेडलाइन फेरिन सक्छ तर स्टोरीको ध्यान केमा केन्द्रित छ भन्ने कुरा आफैंलाई सम्झाउन पनि हेडलाइन तयार गर्नुपर्छ । यसो गर्दा सम्पादकलाई स्टोरी गर्नुपर्छ भनेर मनाउन सकिन्छ । यसो गर्दा स्टोरीलाई पछि कसरी प्रस्तुत गर्न सकिन्छ भनेर रचनात्मक तरिकाले सोच्न पाइन्छ । थप जानकारी खोज्दै जाँदा यसलाई परिमार्जन गर्नुपर्ने हुन्छ ।


"‘डाक्टर बच्चा मार्दैछन्’ र ‘बचाएका बालक सडकमा अलपत्र’”

पत्रकारिताका प्रोफेसर मार्क हन्टरलाई अमेरिकन अस्पतालमा डाक्टरहरूले महीना नपुगी जन्मेका बच्चा ‘मारेको’ विषयमा ‘स्टोरी तयार गर्न’ भनियो । तर उनले खोज गर्दा यो पूर्णतः झूटा भएको पाए । पुरातनपन्थी धार्मिक कट्टरतावादी समूहबाट प्रेरणा पाएर तयार भएको अमेरिकाको नयाँ कानूनले समय नपुग्दै जन्मेका, दुःखदायी, शरीरमा उपकरण राख्नुपर्ने उपचार पद्धति जीवनभर अपनाउनुपर्ने खालका बच्चालाई पनि जीवित राख्नुपर्ने प्रावधान बनायो । कानून बन्नु भन्दा पहिले आफैं बाँच्न सक्ने अवस्थामा नभएका बालकलाई अब अपरेशन, ट्यूब, थोपा, जाँच र अन्य अपरेशन जस्ता उपचार सहायता दिनुपर्ने भयो । खासमा डाक्टरहरूले पहिलेभन्दा धेरै, समय नपुगेका बच्चा बचाउन थालेका थिए । दुर्भाग्यवश, यीमध्ये अधिकांश बालक हुर्कंदा दीर्घ रोगी र अति धेरै अपाङ्ग र घस्रिने हुन्थे । अर्कातिर, पुरातनपन्थीकै प्रेरणा पाएर बनाइएको अर्को कानूनले सामाजिक सुरक्षा भत्ता घटाइदियो । गरीबका अपाङ्ग बच्चालाई निःशुल्क सहयोग गर्ने प्रावधान हट्यो । यसरी ‘बचाइएका’ धेरै बालबालिका सडकमा अलपत्र हुन पुगे । हन्टरले आफूलाई भनिएभन्दा ठीक उल्टो हेडलाइन बनाए जुन उनलाई दिइएको हेडलाइन जति झट्का दिने खालको थिएन ।