WHAT'S NEW?
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

गोप्य सूचनाका बारेमा स्रोतलाई भेटेर मात्र कुरा गर्नुपर्छ । फोनमा गरिएको कुराकानी तेस्रो पक्षले सजिलै इन्क्रिप्ट गर्न सक्छ । त्यसैले, गोप्य विषयमा फोनबाट कुराकानी गर्दै नगर्नुहोस् । स्काइप जस्ता लोकप्रिय सेवामा पनि इन्ड—टु—इन्ड इन्क्रिप्शनको ग्यारेन्टी हुँदैन । ह्वाट्सएप, वायर अथवा सिंगल इन्क्रिप्ट फोनमा दुईवटा डिभाइसका बीचमा हुने कुराकानी पनि सुरक्षित हुने शतप्रतिशत ग्यारेन्टी छैन ।

स्रोतलाई भेट्ने ठाउँ निश्चित गरेपछि तपाईंको फोन अफलाइन भएको यकिन गर्न या त बन्द गरेर या त त्यसको ब्याट्री झिकेर घरमै छाड्नुहोस् । यसको सट्टामा फाराडे केज फोन केस प्रयोग गर्न सकिन्छ जसले इलेक्ट्रोम्याग्नेटिक सिग्नल रोक्छ । इडवार्ड स्नोडेन विधिले फोनलाई रेफ्रिजेरेटरमा राख्छ जसले गर्दा स्रोत र तपाईं बीच हुने कुराकानी गोप्य रहन्छ ।

यस बाहेक, आफ्नो फोनमा एकदमै चाहिने एप्स मात्र राख्नुहोस् । एप इन्स्टल गर्दा त्यसले तपाईंको फोनमा भएका निश्चित फङ्शन, डेटा अथवा सूचनासम्म पहुँच खोज्छ । त्यसैले, सम्भव भएसम्म एपलाई यस्तो अनुमति नदिनु जरूरी हुन्छ । तर के कुरा ख्याल गर्नुपर्छ भने यस्तो अनुमति नदिइञ्जेल एप चल्दैन ।


सारांशमा, यस खण्डको उद्देश्य सूचनाको खोज र आदानप्रदान कार्यलाई सकेसम्म बढी सुरक्षित बनाउनु किन जरूरी छ तर यी कामलाई शतप्रतिशत सुरक्षित बनाउन भने सकिंदैन भनी बताउनु थियो । यहाँ आफ्नो स्रोतलाई कसरी सुरक्षित तरिकाले सम्पर्क गर्ने र सूचनादातासँग भेटघाट गर्नुअघि सुरक्षाका केकस्ता उपाय अपनाउने भनी बताइएको छ । अब तपाईं खोजका थप काम कसरी गर्ने भनी जान्न तयार भइसक्नुभएको छ । अबको खण्डमा खोजका सबै पक्ष कसरी पत्ता लगाउने, स्रोतलाई सही प्रश्न कसरी सोध्ने अनि आफूलाई चाहिएको जानकारी लिनका लागि अन्तर्वार्ताको कुन विधि उपयुक्त हुन्छ भन्ने बारेमा बताइएको छ ।