WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

धेरै मिहिनेत गरेर खोजी गरेको स्टोरी बाहिर आउँदा कस्तो प्रभाव पर्ला भनेर सोच्ने वेलामा मसँग पाठकलाई बताउने स्टोरी साँच्चै छ त भनेर आफैंलाई सोध्नुपर्छ । अतुलनीय र उत्कृष्ट बन्न सक्ने खोजमूलक स्टोरी राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा स्टोरी कसरी तयार गरिएको छ र कसरी लेखिएको छ भन्नेमा भर पर्छ ।

स्टोरीको महत्वपूर्ण पक्षका बारेमा सोचविचार गरिएको र त्यसलाई सबैभन्दा शक्तिशाली बिम्बमार्फत व्यक्त गरिएको स्टोरीले पाठकलाई साँच्चै प्रभावित पार्छ । ‘स्टोरीको शुरूआतमा विषयवस्तुलाई रोचक ढंगले प्रस्तुत गर्नुपर्छ अर्थात् लिडले पाठकको ध्यान तान्नुपर्छ । लिडमा नभई नहुने जानकारी मात्र दिनुपर्छ । थप जानकारी पछि दिनुपर्छ’, वरिष्ठ अमेरिकी पत्रकार स्टेफेन फ्र्यान्कलिनले यस्तो सल्लाह दिएका छन् । यसका साथै आफूले पाएका जानकारीलाई इमानदारीपूर्वक लेख्नु पनि उत्तिकै जरूरी हुन्छ । आफ्नो स्टोरीसँग अमिल्दा बिम्ब राख्नुहुँदैन । घटनालाई सनसनीपूर्ण बनाउनु पनि हुँदैन । पाठकको विश्वास जित्नु ठूलो कुरा हो । पाठकलाई असत्य जस्तो लाग्ने कुरा वर्णन गर्दा पाठकले पत्याउँदैन ।

स्टोरीमा सबै जानकारी प्रस्तुत गरिसकेपछि स्टोरीको अन्त्यमा त्यसको सार खिच्नुपर्छ र त्यसलाई प्रमाणित गर्ने तथ्य दिनुपर्छ । गलत काम भएको छ भन्ने कुरालाई पुष्टि गर्न इन्कार गर्न नमिल्ने खालको प्रमाण पेश भएको स्टोरी नै राम्रो खोजमूलक स्टोरी हो । तर शब्द र प्रमाणको उपयोग गर्दा र प्रमाणलाई एकअर्कासँग जोड्दा हेलचेक्र्याइँ गरिएको छ भने विश्वसनीय जस्तो लाग्ने स्टोरी पनि अर्थहीन हुन्छ । अझ खराब कुरा के हुन्छ भने राम्रोसँग ध्यान दिइएको छैन स्टोरीले मानहानि गरेको ठहरिन सक्छ ।