WHAT'S NEW?
  • Don’t miss the newest edition – Coming soon the Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

परिभाषा र उदाहरणः विशिष्ट र जटिल शब्दावलीको परिभाषा दिनुपर्छ । एउटा स्टोरीका भिन्न ठाउँमा एउटै शब्दावलीलाई भिन्न भिन्न किसिमले परिभाषित गर्नुहुँदैन । अमूर्त जस्ता लाग्ने कुरालाई उदाहरण दिएर स्पष्ट पार्नुपर्छ ।

अप्रामाणिक सामान्यीकरणः ‘अधिकांश’, ‘धेरै’, ‘केही’, अथवा ‘अलिकति’ जस्ता शब्दका बीचको भिन्नता र अर्थ राम्रोसँग थाहा पाउनुपर्छ । तिनका बीचको अन्तर राम्रोसँग छुट्याउनुपर्छ । ‘अधिकांश’ र ‘धेरै’ को अन्तरमा विचार पु¥याउनुपर्छ । ‘सबै’ र ‘एउटा पनि होइन’ जस्ता शब्दबीचको भिन्नतामा अझ बढी चनाखो हुनुपर्छ । आफूले दिएको कारण ‘अकाट्य कारण’ हो कि ‘धेरै कारणमध्ये एक’ हो भनी ध्यान दिनुपर्छ । अनि ‘सधैंभरि’ लेख्नुपर्ने ठाउँमा ‘अक्सर’ पो लेखियो कि भनी विचार पु¥याउनुपर्छ । सामान्यीकरण गरिएका कुरालाई उदाहरण दिएर, ज्ञात स्रोतलाई उद्धृत गरेर स्पष्ट पार्नुपर्छ ।

पुष्टि गर्ने खालका तर्कः आफ्ना भनाइलाई पुष्टि गर्न ठोस जानकारी दिनुपर्छ भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ । विचारको आलोचना गर्नुपर्ने ठाउँमा व्यक्तिमाथि आक्रमण गर्नुहुँदैन । तथ्य र तर्क वितर्क बारेमा छलफल गर्नुपर्छ । आफूले स्टोरीमा दिन खोजेको सन्देशलाई अत्यन्त स्पष्ट ढंगले बताइदिनु वा देखाइदिनुपर्छ । स्टोरीको अन्तिम वाक्यमा स्टोरीको सार हुनुपर्छ ।

प्रमाणस्वरुप आधिकारिक व्यक्तिका भनाइः आफूले स्टोरीमा उल्लेख गरेका कामका राम्रा र नराम्रा पक्ष उल्लेख गर्नुहोस् र तिनीहरूलाई सन्तुलित ढंगले प्रस्तुत गर्नुहोस् । अधिकारप्राप्त संस्था÷व्यक्तिले कुनै काम गर्नुका पछाडि रहेका कारणमा ध्यान दिनु जरूरी हुन्छ । कसैले कुनै कुरा किन भन्यो ? पृष्ठभूमि अनुसन्धान गर्न र भनाइ लिनका लागि एकजनासँग मात्र होइन थरीथरीका सान्दर्भिक मानिससँग कुरा गर्नुहोस् ।

पूर्वाग्रह, पुराना ढर्रा अथवा आवेगः सकारात्मक अथवा नकारात्मक जस्ता भए पनि पुराना ढर्रा नअपनाउनोस् । भाषा निष्पक्ष हुनुपर्छ र आफ्ना सबै स्रोत र समाचारमा उल्लेख भएका व्यक्तिलाई उत्तिकै मात्रामा स्वस्थकर शंका गर्नुपर्छ । आफूले भनेका कुरा पुष्टि गर्ने प्रमाण दिनुपर्छ । ठोस प्रमाण होइन विश्वसनीय प्रमाण बन्न सक्ने परिस्थिति देखाएर पनि सही र विश्वसनीय खोजमूलक स्टोरी तयार गर्न सकिन्छ । ठोस प्रमाणै जुटाउन सके त राम्रो । तर त्यसो गर्न नसक्दा प्रमाण बन्न सक्ने परिस्थितिका आधारमा पनि उत्तिकै दह्रो स्टोरी तयार गर्न सकिन्छ । यस्ता पर्याप्त प्रमाण भेला गरिएको छ भने तिनलाई खँदिलो पारेर स्पष्टसँग लेख्नुपर्छ । यस्ता प्रमाण हुनसक्ने परिस्थितिबारे विस्तारमा बताउनुपर्छ । आवश्यक परे आफ्ना स्रोतसँग थप कुरा बुझ्नुपर्छ । सन्दर्भ राम्रोसँग बताउनुपर्ने पनि हुनसक्छ । यसो गर्दा कुनै काम कस्तो अवस्थामा भएको थियो र त्यसको असर कस्तो अवस्थामा परेको थियो भन्ने कुरा पाठक÷दर्शक÷श्रोताले थाहा पाउँछन् । यसो गर्दा तपाईंले लेखेको स्टोरीमा जसमाथि जे काम गरेको भनी आरोप लगाइएको छ उनीहरूसँग त्यसो गर्ने क्षमता, नियत र अवसर थियो कि थिएन भन्ने कुरा पाठक÷दर्शक÷श्रोताले थाहा पाउँछन् ।