WHAT'S NEW?
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

अरूको भनाइबाट पूरै स्टोरी बताउनुहुँदैन । निश्चित बुँदा भन्न, थप जानकारी दिनका लागि मात्र भनाइ राख्नुपर्छ । जुन भनाइ राख्दा आफूले भनिसकेका कुरा दोहोरिन्छ त्यस्तो भनाइ पनि राख्नुहुँदैन । सामान्य र तथ्यगत जानकारी दिनका लागि आफूले कुरा गरेका मानिसको भनाइ राख्नुहुँदैन । आफूले स्रोतसँग कुराकानी गरेको देखाउनका लागि भनाइ उपयोग गर्नुपर्छ तर उससँग जे विषयमा कुरा गरेको हो त्यसबारे रिपोर्टरले गर्नुपर्ने विश्लेषणका ठाउँमा भनाइ राख्नुहुँदैन ।

मानिसले भनेकै शब्द÷वाक्य राख्नु जरूरी छ विशेष गरी खोजमूलक स्टोरीमा । निश्चित अवस्थामा चाहिं उसले भनेकै शब्द÷वाक्य राख्नुहुँदैन । ती अवस्था यस प्रकार छन्ः

>  कसैले भनेको कुरा बुझ्न कठिन छ भने
>  स्रोतले कसैको उपहास गरेको छ भने
>  उसको भनाइले बोलीको स्वाद थप्दैन भने ।
> स्रोतले अश्लील शब्द बोलेको र नग्न वर्णन गरेको छ भने ।
> कुरा के छ भने’, ‘तपाईंलाई थाहा छ ?’ र ‘मेरा विचारमा’ जस्ता शब्दावली । यी अनावश्क शब्दावली हुन् । यिनले स्टोरीलाई राम्रो बनाउँदैनन् ।

सबै भनाइ फलानाका हुन् भनी बताउनुपर्छ । आफैंले अवलोकन नगरेका केही पनि कुरा बताउँदा यो फलानाले बताएको हो भनी भन्नुपर्छ । यसरी कुनै पनि भनाइ फलानाले भनेको हो भनी बताउने मामलामा खोज पत्रकारले अरू पत्रकारले भन्दा पनि सतर्क हुनुपर्छ किनभने तपाईंले प्रस्तुत गरेका प्रमाण कति विश्वसनीय छन् भन्ने कुरा पाठकले ती कसले बताएका हुन् भन्ने कुराका आधारमा पनि निधो गर्छन् । स्टोरीमा जब नयाँ स्रोत उल्लेख गरिन्छ त्यति वेला झन् ख्याल गर्नुपर्छ । कुनै कुरा बताउने व्यक्तिको नाम खोल्न सकिंदैन भने त्यसको कारण बताउनुपर्छ । जस्तै, “मैले तपाईंलाई यो कुरा देखाएँ भने कम्पनीले मलाई जागिरबाट निकालिदिन्छ”, स्रोतले भन्यो ।

कसैको भनाइ राख्ने वेलामा त्यस्ता भनाइ छान्दा र भनाइसँग आफ्ना भनाइ राख्दा सही तरिकाले छान्नु÷राख्नुपर्छ भन्ने कुरा ख्याल गर्नुपर्छः

> भनाइको अगाडि राखिएको वाक्यले यस अगाडि के छ भन्ने कुरा बताउनुपर्छ ।
> भनाइका अगाडि तपाईंले लेखेको कुराले एउटै सन्देश दिनुपर्छ ।
> भनाइले स्टोरीको महत्व बढाउनुपर्छ । केही पनि नबताउने भनाइ जस्ताको तस्तै राख्नुहुँदैन । दोहो¥याउनु पनि हुँदैन ।
> भनाइ राख्नुअघि वा राखिसकेपछि सकेसम्म “उनले बताए” नै भन्नुपर्छ । ‘जोड दिए’, ‘दावी गरे’, ‘तर्क गरे’ जस्ता शब्दावलीले स्टोरीलाई अनावश्यक ढंगले बंग्याउँछन् । ‘अस्वीकार गरे’ र ‘खण्डन गरे’ जस्ता शब्दावलीलाई पाठकले गलत अर्थ लगाउन सक्छन् । तिनको प्रयोग गर्नु एकदमै ठीक छ भन्ने लागेमा मात्रै यस्ता शब्दावली प्रयोग गर्नुपर्छ ।
> कसैको भनाइ जस्ताको तस्तै राख्न सकिंदैन र त्यसको सार खिच्नु प¥यो भने उसको भनाइ बंग्याउनुहुँदैन । बताउने मान्छेले जुन अर्थ र जुन शैलीमा भनेको छ त्यही अर्थ र शैलीमा राख्नुपर्छ । प्रवक्ताले ‘हामीसँग बजेट छैन’ भनेको छ भने त्यसलाई यसरी लेख्न हुँदैनः ‘सो कम्पनी यस काममा खर्च गर्न तयार छैन भनी प्रवक्ताले बताए ।’ प्रवक्ताले आफ्नो वित्तीय अवस्था मात्र बताएका थिए । सार खिचिएको भनिएको वाक्यले कम्पनीको सोचाइबारे बताउँछ ।