WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

व्याख्यान शैलीको स्टोरीमा दृश्यमार्फत के भन्न सकिन्छ भन्ने कुरा सोच्नुपर्छ । लेआउट र डिजाइन गर्ने काम पत्रकारको होइन तर पनि स्टोरीका लागि कस्ता फोटो र चित्र चाहिन्छन् भन्ने कुरा शुरूदेखि नै सोच्नुपर्छ । जसरी कामचलाउ हेडलाइन रिपोर्टरले राख्छन् (छापिने हेडलाइन उपसम्पादकले राख्ने चलन भएका ठाउँमा समेत) त्यसैगरी कस्ता फोटो र चित्र चाहिएलान् भनी रिपोर्टरले शुरुदेखि नै सोचेका खण्डमा आफ्नो स्टोरीमा ध्यान केन्द्रित गर्न र त्यसबाट अन्त नअलमलिन सहयोग पुग्छ । निश्चित आँकडालाई चार्टमा प्रस्तुत गर्ने विचार छ भने बोर लगाउने खालका त्यस्ता आँकडालाई व्याख्यानबाट हटाउन सकिन्छ ।

यसरी सोच्दा स्टोरीलाई अन्तिम रूप दिने काममा निम्न सहयोग पुग्छः

>   आफ्नो स्टोरीका लागि कस्ता नक्शा, चार्ट, ग्राफ र फोटो अथवा चित्र चाहिन सक्छन् भन्ने कुरा पहिल्यै थाहा हुन्छ । 
>   यसले लेआउट गर्ने र पेजमा स्टोरी राख्ने मानिसलाई सहयोग पुग्छ ।
>   यसो गर्दा फोटोग्राफरलाई सजिलो हुन्छ किनभने स्टोरीका बारेमा रिपोर्टरलाई जति कुरा फोटोग्राफरलाई थाहा हुँदैन । स्टोरीलाई यस्तो खालको चित्र, फोटो आदि चाहिन्छ भन्ने लागेमा ती जुटाउन कसरी सकिन्छ भनी शुरूमै विचार गर्न सकिन्छ ।
>   यसो गर्दा रिपोर्टरको दिमागमा एक किसिमको चित्र कोरिन्छ जसलाई शब्दमा उतार्न सकिन्छ । यसरी लेखिने शब्द चित्रबाट स्टोरी थाल्न पनि सकिन्छ ।
>   यसो गर्दा पाठकलाई आफ्ना कुरा राम्रोसँग भन्न सकिन्छ । पाठकले स्टोरीमा भएका शब्द मात्रैबाट भन्दा पनि चित्र अथवा आकर्षक चार्टबाट पनि जानकारी पाउँछन् । भनाइ नै छ नि– एउटा दृश्य एक हजार शब्द जति नै मूल्यवान हुन्छ ∕