WHAT'S NEW?
  • We are happy to share the Korean edition with you. READ MORE
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE

नोटः प्रसारण माध्यमका लागि स्क्रिप्ट लेख्ने विषयको यो पूर्ण गाइड होइन । यहाँ प्रसारण माध्यमका लागि खोजमूलक स्टोरी तयार गर्दा कस्तो भाषा लेख्ने र राम्रो न्यारेसन कसरी लेख्ने भन्ने बारेमा संकेत मात्र गरिएको छ ।


प्रसारण माध्यमका स्टोरीमा भिडियो फुटेज वा मानिसका आवाज पनि हुन्छन् । एउटै चित्र अथवा भनाइले त्यसको सन्दर्भ अनुसार धेरै स्टोरी भन्न सक्छ । प्रसारण माध्यमका लागि कमेन्ट्री लेख्नुको उद्देश्य श्रोता÷दर्शकलाई आफ्नो स्टोरी पूर्ण रूपमा बुझ्न सहयोग गर्नु हो ।

स्क्रिप्ट राम्रोसँग लेखिएको छ भने परम्परागत ढर्राको दृश्य वा निरस कोट (भनाइ) लाई पनि दर्शकले नयाँ तरिकाले बुझ्छन् । रेडियोमा रेकर्ड गरिएको कोटमा आधारित भएर राम्रोसँग स्क्रिप्ट लेख्यो भने स्टोरीको सन्दर्भ सबैभन्दा प्रभावकारी तरिकाले खुल्न जान्छ । तर टेलिभिजन स्टोरीले पार्ने प्रभावको ८५ प्रतिशत भूमिका दृश्यको हुन्छ । न्यारेसन जति सुकै राम्रो भए पनि त्यसले बोरलाग्दो दृश्य र भनाइले पु¥याएको क्षतिको पूर्ति गर्न सक्दैन किनभने दृश्यले दर्शकलाई तान्दैन र उनीहरू अन्त लाग्छन् । रेडियो र टेलिभिजन दुवैका लागि न्यारेसन लेख्दा दृश्य अथवा रेकर्ड गरिएको कोटसँग मिलाएर लेख्नुपर्छ । यस्तो कामलाई ‘सुन्नका लागि लेख्ने’, ‘दृश्यमा लेख्ने’ अथवा ‘आवाजमा लेख्ने’ भनिन्छ ।

यस्तो स्टोरी आफ्नो क्यामराले खिचेको फिल्डको दृश्यबाट शुरू गर्नुपर्छ । त्यसपछि आफूले ध्यान दिएर तयार गरेको कमेन्ट्रीमा जानुपर्छ जसले:

(क)   आफ्नो स्टोरीको सबैभन्दा महत्वपूर्ण पाटोबारे बताउँछ ।
(ख)   दृश्य र भनाइले एउटा मात्र पक्ष देखाएका ठाउँमा अर्काे पक्षमा प्रकाश पारेर स्टोरीलाई सन्तुलित बनाउँछ ।
(ग)   आफ्ना अडियन्सले के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ त्यो विषय छानेर त्यसमा जोड दिन्छ ।
(घ)   विभिन्न दृश्य अथवा भनाइलाई जोड्छ ।
(ङ)   दृश्य अथवा भनाइको सन्दर्भ बताइदिन्छ ।
(च)   दृश्य अथवा भनाइको थप अर्थ लगाइदिन्छ वा थप व्याख्या गरिदिन्छ (तर यसो गर्दा कुरा बंग्याउनुहुँदैन, एउटा सन्दर्भमा भनेका कुरालाई अर्काे सन्दर्भमा जोड्नुहुँदैन!) ।

उद्घोष गर्ने व्यक्ति वा रिपोर्टरले आफ्ना प्राथमिकता बारेमा ध्यान दिनुपर्छ । यसको अर्थ ऊ समाचार र दर्शकका बीचमा घरीघरी आउनुपर्छ भन्ने होइन । यसो गर्नु भनेको दर्शकलाई बाधा तेस्र्याउनु हो । आफ्नो स्टोरीमा सान्दर्भिक कुरा कसैले भनेको छ भने त्यही राख्नुपर्छ । त्यसको सट्टामा स्टुडियोमा रेकर्ड गरिएको न्यारेसन राख्नुहुँदैन ।

प्रसारण र छापा माध्यमबीचका केही अन्तर यस प्रकार छन्ः 

>   पढ्दा पहिले पढिसकेका कुरा नबुझेका खण्डमा पाठकलाई दोहो¥याएर पढ्न मन लाग्यो भने उसले त्यसो गर्न सक्छ, तर श्रोता÷दर्शकले दोहो¥याएर सुन्न÷हेर्न सक्दैन ।
>   पढ्दै जाँदा पाठकलाई कुनै गल्ती भेटे जस्तो लाग्यो भने उसले अघिल्लो पेज पल्टाएर हेर्न पाउँछ तर रेडियो र टेलिभिजन अडियन्सलाई पाठकलाई जस्तो सुविधा हुँदैन ।
>   हेडलाइन, क्याप्सन र अनुच्छेदले पाठकलाई आफू कहाँ पुगेको छु भन्ने कुरा बताउँछन् । तर रेडियो र टेलिभिजनमा नयाँ दर्शकले प्रसार भइरहेको सामग्री बीचमा हे¥यो÷सुन्यो भने उसलाई केही पनि थाहा हुँदैन ।
>   पाठकले पढाइ बीचमै रोकेर अरू काम गर्न पनि पाउँछ । पछि आफ्नो काम सकेर फेरि पढ्न थाल्दा उसले केही पनि छुटाउँदैन । रेकर्ड नगरिएको अथवा वेबमा नराखिएको प्रसार सामग्री श्रोता र दर्शकले फेरि सुन्न वा हेर्न पाउँदैन । रेकर्ड गरिएको रहेछ भने पनि आफूले हेर्न÷सुन्न बाँकी भागमा पुग्न समय लाग्छ ।
>   प्रसारण माध्यममा दर्शकले छापा माध्यममा भन्दा थप प्रमाण पाउँछन् । यसले गर्दा स्टोरी थप विश्वसनीय हुन्छ (पाठकले यस्तो ठान्न सक्छन्ः यो कुरा सत्य हो किनभने मैले टेलिभिजनमा देखेको थिएँ) । यसै भएर टेलिभिजनमा बढी प्रभावकारी ढंगले सत्य बंग्याउन पनि सकिन्छ ।
प्रसारित सामग्री प्रसार भएका वेला मात्र देख्न पाइन्छ । पोडकास्टमा बाहेक समाचारपत्र जस्तो देख्न सकिने सामग्री यसमा हुँदैन ।
> प्रसार भएको सामग्रीमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ किनभने यो तुरुन्तै गइहाल्छ । त्यसैले प्रसार भएको समाचारले दर्शकमा एक किसिमको छाप मात्र छाड्न सक्छ, प्रसार भएका जानकारी उसले नसम्झन सक्छ । त्यसैले प्रसार गर्ने सामग्री प्याकेज गर्ने कुरा महत्वपूर्ण हुन्छ ।
>   प्रसार भएका सामग्री बुझ्न धेरै शिक्षित भइराख्नु पर्दैन तर छिटोछिटो बदलिने दृश्य बुझ्न सक्ने भने हुनुपर्छ ।
>   छापिएको स्टोरी पढ्न धेरै समय लाग्छ तर यसबाट पाठकले सूक्ष्म जानकारी समेत पाउँछ ।

यी सबै कारणले गर्दा – यस माध्यमको प्रकृति र यसबाट प्राप्त सन्देश अडियन्सले ग्रहण गर्ने तरिकाले गर्दा– प्रसारण माध्यमका लागि लेख्दा प्रिन्ट माध्यमका लागि लेख्दा भन्दा फरक तरिका अपनाउनुपर्छ । तर जुनसुकै माध्यममा पनि समय अथवा ठाउँ थोरै हुन्छ, बताउनुपर्ने कुरा धेरै हुन्छ । त्यसैले, अडियन्सको ध्यान तुरुन्तै तान्न सक्ने कुनै ‘उत्कृष्ट तथ्य’ अथवा विचार छान्नुपर्छ । स्टोरी त्यसैबाट शुरू गर्नुपर्छ ।