1.2. डेटा एट रेस्ट


सुरक्षाका अरू लोकप्रिय टुल्सका बारेमा थप जानकारी दिनुभन्दा पहिले उपकरणमा डेटा कसरी उपयोग गरिन्छ र कसरी स्टोर गरिन्छ भन्ने बारेमा जानकारी दिनु उपयोगी हुन्छ । विज्ञहरूले डेटा स्टोर हुने तरिकालाई तीन भाग ‘डेटा एट रेस्ट’, ‘डेटा इन युज’ र ‘डेटा इन मोशन’ मा बाँडेका छन् ।

धेरै नचलाइने गरी आफ्नो उपकरणमा स्टोर गरिएका डेटालाई ‘डेटा एट रेस्ट’ भनिन्छ । डेटा हार्ड डाइभ, सर्भर, आर्काइभ अथवा डेटाबेसमा राखिन्छ । यसरी लामो समयका लागि स्टोरी गरिएका डेटालाई सुरक्षित राख्न यी जानकारी अथवा फोल्डर आफ्ना नेटवर्कका कस–कसले हेर्न सक्छन् भनी हेर्नु जरूरी हुन्छ ।

यसका लागि चाल्नुपर्ने पहिलो कदम हो एडमिनिस्ट्रेटरको पासवर्ड फेर्नु । कसैले यस्तो पासवर्ड राख्दैनन् वा छोटो पासवर्ड राख्छन् । यसो गर्दा ह्याकरले तपाईंको उपकरण सजिलै ह्याक गर्न सक्छ । यसो गर्नु भनेको आफ्नो कम्प्युटरको एडमिनिस्ट्रेटरको अधिकार नियमित रूपमा उपयोग नगर्नु हो । विन्डोजले नर्मल युजरलाई सबै अधिकार स्वतः दिन्छ । आफ्नो कम्प्युटरमा नयाँ एडमिन अकाउन्ट बनाउनुहोस् र आवश्यक पर्दा मात्र चलाउनुहोस् । नर्मल अकाउन्टमा युजरले गर्न सक्ने काम सकेसम्म घटाउनुहोस् । यसो गर्दा अरू युजरले कुनै पनि एप्लिकेसन इन्स्टल गर्न पाउँदैनन् र तपाईंको कम्प्युटरमा मालवेयरको डर हुँदैन । अरूले आफ्नो अकाउन्टको अधिकार उपभोग गर्न नपाउन भन्नका लागि गेस्ट अकाउन्ट नराख्नु उपयुक्त हुन्छ ।