1.3.1. फायरवाल, एन्टिभाइरस र होस्ट इन्ट्रुसन रोकथाम

1.3.1. फायरवाल, एन्टिभाइरस र होस्ट इन्ट्रुसन रोकथाम


आफ्ना डिभाइसमा फायरवाल इनेबल गर्नु अत्यन्तै जरुरी हुन्छ । फायरवालले इन्टरनेटसँग जोड्ने जानकारीलाई नियन्त्रण गर्छन् । फायरवाल गेट पाले जस्ता हुन् । फायरवालले ‘गेस्ट’ लाई आफ्नो कम्प्युटरमा प्रवेश दिने वा नदिने अनि कुन कुरा तपाईंको नेटवर्कमा पठाउन दिने वा नदिने भन्ने निर्णय गर्छ । यसो नगर्दा आफ्नो डिभाइसमा मालवेयर प्रवेश गरेर त्यसले कम्प्युटरमा नोक्सान पु¥याउन सक्छन् । अधिकांश कम्प्युटरमा सिस्टममा रहेको फायरवाल इनेबल गर्न मिल्छ । यसबाहेक McAfee, BitDefender or Kaspersky जस्ता थप सुरक्षा सफ्टवेयर पनि उपयोग गर्नु राम्रो हुन्छ ।

आफ्नो कम्प्युटरमा फायरवाल कसरी इनेबल गर्ने भन्ने कुराको भिडियो नेटमा पाइन्छ । पछि थप्न मिल्ने ‘NoRoot Firewall’ अथवा ‘NetGuard’ (Android) र ‘Norton’ (iOS) जस्ता सफ्टवेयरको सहयोग लिएर मोबाइल फोनमा पनि फायरवाल इनेबल गर्न सकिन्छ ।

इन्टरनेट र तपाईंको डिभाइसबीच आदानप्रदान हुने डेटालाई ठीकठाक पारेपछि तपाईंका डिभाइसमा तपाईंले के के गर्नुहुन्छ भन्ने कुरा चियोचर्चाे गर्ने वा तपाईंका जरूरी जानकारी लिने खालका मालवेयरबाट आफ्ना डिभाइसलाई बचाउनुपर्छ । एन्टिभाइरस सफ्टवेयरले यस्ता मालवेयरको निगरानी गर्छन्, तिनलाई रोक्छन् र मेटाइदिन्छन् । कम्प्युटरका लागि मात्र होइन मोबाइलका लागि पनि यी प्रोग्राम जरूरी हुन्छन् । कम्प्युटरका लागि यी सफ्टवेयर राख्न राम्रो हुन्छः ‘ESET’, ‘Kaspersky’ र ‘BitDefender’ (Windows / Linux) अथवा ‘Microwold’, ‘BitDefender’ / ‘AVG’ (Mac) । स्मार्ट फोनका लागि यी टुल्स उपयोग गर्न सकिन्छः Avast Mobile Security (Android) अथवा Norton and Lookout (Mac) ।

कम्प्युटर चलाउने अधिकांश मानिसले पहिले उल्लेख गरिएका दुईवटा एप्लिकेशन्सका बारेमा सुनेका हुन्छन् । उनीहरूले कम्तीमा पनि एउटा एन्टिभाइरस प्रोग्राम इन्स्टल गरेका हुन्छन् । तर यतिले पुग्दैन । डेटा इन युजलाई पूर्ण रूपमा सुरक्षित पार्न host intrusion prevention (HIP) पनि राख्नुपर्छ । यी थप सुरक्षा उपायले तपाईंको सिस्टम र नेटवर्क निगरानी गर्छन् जसले गर्दा अनधिकृत काम हुन पाउँदैनन् । कसैले यताउता गर्न खोज्यो भने डिभाइस चलाउने मानिसलाई सूचना आउँछ । ‘McAfee’ एचआइपी सुविधा भएको एउटा सफ्टवेयर हो ।

झट्ट हेर्दा एकपछि अर्काे प्रोग्राम इन्स्टल गर्ने काम भयावह लाग्न सक्छ । तर यी सबै सफ्टवेयर प्रोग्राम एउटै प्याकेजमा पनि पाइन्छन् । यीमध्ये केही प्रोग्राम यस प्रकार छन्ः ‘McAfee’, ‘BitDefender’ अथवा ‘Kaspersky’ । हरेक वर्ष विभिन्न संस्था र पत्रिकाले यी विभिन्न प्याकेजको प्रभावकारिता जाँचेर कुन प्रोग्राम कति बढी प्रभावकारी छ भनेर बताउँछन् । किन्नुअघि हालसाल कुन प्याकेज सबैभन्दा बढी प्रभावकारी भनी अनुसन्धान गर्नुहोस् । यस कामका लागि उपयोगी एउटा वेबसाइट होः AV Test