1.3.2. गुमनाम ढंगले सर्पिmङ गर्ने


वाइफाइ राउटरबाट हुने जोखिमलाई मानिसले कम आँक्ने गर्छन् । तपाईंको राउटर क्र्याक गरेर ह्याकर पूरै नेटवर्कमा प्रवेश गर्न सक्छ । त्यसैले, सर्भिस प्रोभाइडरले दिएको पासवर्डको सट्टामा सकेसम्म बलियो पासवर्ड राख्नुहोस् । त्यसपछि वाइफाइ इन्क्रिप्ट गर्नुहोस् । इन्क्रिप्शन गर्ने आजभोलिको सबैभन्दा सुरक्षित तरिका WPA2 हो । आफ्ना जानकारी इनकोड गर्दा यो फङ्शन उपयोग गर्न सक्छु भन्ने कुरा यकिन गर्नुहोस् । राउटर इन्क्रिप्ट गर्न जान्नु भएन भने तपाईंको इन्टरनेट सेवा प्रदायकले सहयोग गर्न सक्छ । इन्टरनेटसँग जोड्ने सबैभन्दा सुरक्षित तरिका ल्यान केबल हो । घरमा कम्प्युटर चलाउँदा यही तरिका मात्र अपनाउनु राम्रो हुन्छ ।

राउटरलाई सुरक्षित पारिसकेपछि इन्टरनेट अनुसन्धानको काम थाले हुन्छ । खोज गर्दा पृष्ठभूमि जानकारी अथवा स्रोत पहिचान गर्नका लागि इन्टरनेट उपयोग गर्न सकिएला । संवेदनशील विषयबारे नेटमा सर्च गर्दा तपाईंका गतिविधि निगरानी गर्ने खालका गुप्तचर आइलाग्ने डर बढी हुन्छ । त्यसैले, तपाईंको अनुसन्धान, तपाईंका भावी स्रोत र तपाईंको सुरक्षाका लागि आफ्नो ब्राउजिङलाई इन्क्रिप्ट गर्नु जरूरी हुन्छ ।

सुरक्षित तवरले नेट सर्फ गर्ने (अनि सेन्सरका आँखा छल्ने) दुईवटा तरिका छन् । ती हुन्ः भीपीएन (भर्चुयल प्राइभेट नेटवर्क र प्रोक्सी सर्भर । यसो गर्दा तपाईंले कहाँबाट सर्च गर्नुभएको हो थाहा पाइँदैन । भीपीएन सुरुङ जस्तो हो जसले तपाईं फरक नेटवर्कमा हुनुहुन्छ भन्ने भान पार्छ । वेबसाइटमा सर्च गर्दा भीपीएनका कामबारेमा बताउने भिडियो फेला पर्छ ।

भीपीएन उपयोग गर्ने एउटा सरल तरिका सफ्टवेयर इन्स्टल गर्नु हो । स्मार्टफोन, कम्प्युटर अथवा ब्राउजरमा इन्स्टल गर्न मिल्ने सफ्टवेयरमध्येबाट आफूलाई राम्रो लागेको सफ्टवेयर छान्न सकिन्छ । भीपीएनलाई एक्टिभेट गर्दा तपाईंले आफू कुन ठाउँमा भएको भान पार्ने हो सो ठाउँ छान्न सकिन्छ । तपाईंले उपयोग गर्दा हुने केही भीपीएन यी हुन्ः ‘ZenMate’, ‘CyberGhost’ वा ‘ExpressVPN’ । तर अधिकांश भीपीएन प्रदायकले यो सेवा सित्तैंमा दिंदैनन् । तपाईंले पैसा भुक्तानी गर्दा दिएको विवरण सेभ भइबस्छन् । त्यसैले यस तरिकाले इन्टरनेट उपयोग गर्दा पनि तपाईंका बारेमा केही जानकारी अरूकहाँ पुग्छन् । यसको सट्टामा तपाईंले आफ्नै भीपीएन सेट गर्न सक्नुहुन्छ । तर यो काम अलि जटिल छ । नेटमा सर्च गर्दा भीपीएन प्रदायकबारेमा पनि थप जानकारी पाइन्छ ।

TOR (The Onion Router) एउटा लोकप्रिय प्रोक्सी नेटवर्क हो । टिओआर ब्राउजर उपयोग गर्दा तपाईंले सर्फ गर्ने आइपी अड्रेस अर्कै हुन्छ । टिओआर इन्क्रिप्ट गरिएको कम्प्युटर कनेक्सन हुनाले यसो भएको हुनसक्छ । यो नेटवर्क जसले पनि उपयोग गर्न पाउँछ । यी सर्भरमा तीन अथवा बढी पटक राउट गरेपछि एक्जिटमा पुगिन्छ । यो भनेको तपाईंले आधिकारिक रूपमा उपयोग गर्ने आइपी अड्रेस हो ।

तर यति गर्दा पनि तपाईं को हो भनी पत्ता लगाउन सक्दै नसकिने भन्ने हुँदैन । नोभेम्बर २०१४ मा, एफबीआई र अन्य यूरोपेली सेवाले अपराध गर्नका लागि टिओआर दुरुपयोग गर्ने १७ जना मान्छे पत्ता लगाएका थिए । तर यो काम अति सघन र खर्चिलो हुन्छ । त्यसैले हतियार व्यापारी अथवा बाल अश्लील सामग्री शेयर गर्नेबाहेक अरू नागरिक अथवा पत्रकारको चियोचर्चाे गर्न गुप्तचर संस्थाले यो तरिका उपयोग गर्ने खतरा कम हुन्छ । प्रेस स्वतन्त्रता कम भएका र उपकरणले पूर्ण सज्जित गुप्तचर संस्था भएका देशमा भने विशेष सतर्क रहनुपर्छ ।

एन्ड्रोइड डिभाइसमा टीओआर ब्राउजर राख्न चाहने यो एप उपयोग गर्नुपर्छः ‘Orfox’ and the add-on ‘Orbot’ । प्रोक्सी ब्राउजर उपयोग गर्न चाहनेले आईओएस युजर ‘Onion Browser’ मा जानुपर्छ ।