1.3.3. क्लाउड प्रयोग गर्दा


ड्रपबक्स, गुगल ड्राइभ अथवा वानड्राइभ जस्ता सार्वजनिक क्लाउड चलाउन सजिला र निःशुल्क छन् । तर यीमार्फत संवेदनशील फाइल, फोटो र अरू डेटा शेयर गर्नुहुँदैन । क्लाउडमा राखेका डेटा कति वेला के हुन्छन् थाहा हुँदैन । क्लाउडमा भर पर्नु भनेको त्यहाँ राखिएको सामग्रीको सुरक्षा सम्बन्धमा त्यस्तो सेवा प्रदान गर्ने संस्थामा भर पर्नु हो ।

यसको सट्टामा ुद्यबगिऋयिगमु उपयोग गर्न सकिन्छ जसमा राखिएका डेटा स्वतः इन्क्रिप्ट हुन्छन् । यो सेवा सबैलाई उपलब्ध क्लाउड सुविधा ुइधलऋयिगमु मा आधारित छ । यी डेटा जर्मनीमा राखिएका छन् । जर्मनीको डेटा सुरक्षासम्बन्धी कानून कडा हुनाले यसबाट युजरलाई फाइदा पुग्छ । यति हुँदाहुँदै पनि यसमा डेटा राख्नु भनेको आफ्नो डेटा सुरक्षाका लागि त्यसको होस्टमा भर पर्नु हो ।

डेटा स्टोर गर्ने यीभन्दा राम्रो उपाय हो— एनएएस ९ल्भतधयचप ब्ततबअजभम क्तयचबनभ० मार्फत निजी क्लाउड बनाएर त्यसमा राख्नु । तर यो सेवा सित्तैंमा उपभोग गर्न पाइँदैन, महँगो पर्छ ।

सुरक्षा, पहुँच, खर्च र शेयर गर्ने कामको दृष्टिले क्लाउड र एनएएसमा के फरक छ भन्ने जानकारी नेटमा सजिलै पाइन्छ ।