1.3.4. स्टोरको सुरक्षा


अत्यन्तै गोप्य डकुमेन्टका डिजिटल प्रति सधैंभरि उपलब्ध नहुन सक्छन् । यसो भएमा आफूले पाएका कागज सबै स्क्यान गरेर हार्ड ड्राइभ वा युएसबी डिभाइसमा स्टोर गर्नेतर्फ विचार गर्नुपर्छ । यस्ता संवेदनशील फाइललाई इन्क्रिप्ट गर्न बिर्सनुहुँदैन । यसपछि यी डिभाइस कहाँ लुकाउने भनेर सोच्नुपर्छ जसले गर्दा तपाईंलाई कसैले पछ्यायो अथवा गुप्तचरले लिन खोज्यो भने पनि पाउँदैन । यस्ता डिभाइस लुकाउनु भनेको सेफमा वा ब्यांकका लकरमा राख्नु होइन । यस्ता फाइल कलम, इयररिंग, ब्रासलेट अथवा अन्य वस्तुमा लुकाउन मिल्ने खालका युएसबी ड्राइभमा स्टोर गर्न सकिन्छ । संवेदनशील जानकारी कहाँ लुकाउने भन्ने बारेमा अलि सिर्जनशील भएर सोच्नुपर्छ । यी डिभाइस कहाँ राखेको छु भन्ने कुरा भुल्नुहुँदैन ।