1.3.5. क्यामरा र माइक्रोफोनलाई निष्क्रिय बनाउने

1.3.5. क्यामरा र माइक्रोफोनलाई निष्क्रिय बनाउने


सफ्टवेयरको प्रयोग गरेर कोही पनि व्यक्तिले तपाईंको डिभाइसको क्यामरा मार्फत तपाईंको निगरानी गर्न सक्छ, आन्तरिक माइक्रोफोनमार्फत तपाईंले बोलेको सुन्न सक्छ । आफ्ना डिभाइसको दुरुपयोग रोक्ने एउटा तरिका क्यामरामाथि स्टिकर टाँस्नु हो । यो सिल्ली कुरा जस्तो लाग्न सक्छ तर यसो गर्दा ह्याकरले तपाईंका गतिविधि देख्न पाउँदैन । क्यामरा चलाउनुपर्ने वेलामा स्टिकर निकाले भइहाल्छ । अर्काे तरिका हो आफ्नो कम्प्युटरको क्यामरालाई निष्क्रिय बनाउनु । क्यामरा अथवा माइक्रोफोन प्रयोग गर्नु परेका वेलामा हरेक पटक क्यामरा अथवा माइक्रोफोनलाई सक्रिय बनाउनुपर्छ । स्मार्टफोनका हकमा पनि यही कुरा लागू हुन्छ ।