1.3.6. डेटा मेट्ने तरिका


कसैले तपाईंको पिछा गरेजस्तो लाग्यो र कम्प्युटर तथा डिभाइसमा भएका डेटा मेट्नुपर्ने भयो भने यी कुरामा ध्यान दिनुहोलाः आफ्नो कम्प्युटरको डिलिट फङ्शन उपयोग गरेर डिलिट गर्दा डेटाको रिफरेन्स मात्र मेटिन्छ, डकुमेन्ट स्टोर भइरहेको हुनसक्छ जसलाई अर्काे मानिसले सजिलै रिस्टोर गर्न सक्छ । फ्ल्यास ड्राइभ र डिजिटल क्यामरामा पनि यस्तै हुन्छ । डिभाइसमा भएका डेटालाई ओभरराइट गर्नुपर्छ । यसका लागि ‘Eraser’, ‘Secure Eraser’ (विन्डो) अथवा ‘Super Eraser’ (म्याक) जस्ता प्रोग्राम उपयोग गर्नु राम्रो हुन्छ । यी सफ्टवेयरले विभिन्न तरिकाले फाइल मेटेर त्यसमाथि अरू जानकारी स्टोर गर्छन् जसले गर्दा पहिलेका फाइल रिस्टोर गर्न मिल्दैन ।

यस बाहेक, नियमित रूपमा (वर्षमा दुई पटक) आफ्नो कम्प्युटरका कुनै पनि सफ्टवेयर हटाएर फेरि इन्स्टल गर्नु अत्यन्तै जरूरी हुन्छ । हार्ड ड्राइभ फम्र्याट गर्ने मात्र होइन ओभरराइट गर्नुपर्छ । यसो गर्दा कसैले पनि ती डेटा फेरि स्टोर गर्न सक्दैन । यसका लागि पनि माथि भनिएका टुल उपयोग गर्न मिल्छ ।