1.4.2. टेक्स्ट सुरक्षित राख्न


आजभोलि इमेलभन्दा पनि ह्वाट्सएप, टेलिग्राम, फेसबूक म्यासेन्जर अथवा स्न्यापच्याट गर्दा म्यासेन्जरको बढी प्रयोग हुन थालेको छ । यी मार्फत सूचना अथवा डकुमेन्ट एकैछिनमा संसारभर पठाउन सकिन्छ । ह्वाट्सएप जस्ता सेवा प्रदायकले आफूले इन्क्रिप्शन सेवा दिएको भनी विज्ञापन गर्न सक्छन् तर ती पूर्ण सुरक्षित हुँदैन । सामान्यतया, म्यासेन्जरमार्फत गोप्य सूचना आदानप्रदान गर्नु खतरनाक हुन्छ । ‘Signal’, ‘Telegram’ वा ‘Wire’ जस्ता टेक्स्ट म्यासेज गर्ने एप्लिकेशनले इन्क्रिप्शन सेवा प्रदान गर्छन् । यी एप्लिकेशनले आईओएस र एन्ड्रोइड दुवै फोनमा काम गर्छन् ।