1.4.3. सार्वजनिक डिभाइसको उपयोग


सार्वजनिक डिभाइस भरसक उपयोग नगर्नुहोस् । आफ्नो डिभाइसबाट गरिने सञ्चारलाई सुरक्षित बनाउन सकिन्छ तर सार्वजनिक डिभाइस कसले उपयोग गरेको थियो अथवा यसमा केकस्ता मालवेयर इन्स्टल गरिएका छन् भन्ने कुरा आफूलाई थाहा हुँदैन । सार्वजनिक कम्प्युटर उपयोग गर्ने हो भने बुट गर्न मिल्ने युएसबी डिभाइस उपयोग गर्नुहोस् । यसो गर्दा तपाईंको डिभाइसले अस्थायी अपरेटिङ सिस्टमको काम गर्छ जसले गर्दा कम्प्युटरको फङ्शन उपयोग नगरिकन कम्प्युटर चलाउन सकिन्छ । यसरी चलाइएका जानकारी ¥याम, कम्प्युटरको सर्ट मेमोरीमा सेभ हुन्छन् जुन एक सेशनसम्म मात्र उपलब्ध हुन्छन् । सार्वजनिक कम्प्युटर सट डाउन गरेपछि फेरि ओपन गर्दा तपाईंका कुनै पनि डेटा र गतिविधि भेटिंदैनन् ।

फरक अपरेटिङ सिस्टम उपयोग गर्ने हो भने पनि डिभाइस बुट गर्नु राम्रो हुन्छ । उदाहरणका लागि, बुट गरिएको युएसबी डिभाइसमा लिनक्स सिस्टम इन्स्टल गर्न सकिन्छ । विन्डोज कम्प्युटरमा आफ्नो स्टिकबाट बुट गर्दा तपाईंको काम खासमा लिनक्स सिस्टममा भइरहेको हुन्छ । कम्प्युटरमा डेटा सेभ भने हुँदैन । युएसबी डिभाइसलाई बुटेबल बनाउन सजिलो छैन । यसो गर्ने हो भने वेबमा यसको ट्युटोरियल हेर्नु राम्रो हुन्छ ।

निःशुल्क र सबैका लागि खुला वाइफाइ कनेक्सन उपयोग नगर्नु नै राम्रो हुन्छ किनभने त्यस कनेक्सनमा कस कसले लग इन गरेका छन् र उनीहरूले आफूलाई हानि पु¥याउन खोजेका छन् कि भन्ने कुरा तपाईंलाई थाहा हुँदैन । निःशुल्क वाइफाइ उपयोग गरिहाल्नु परेमा नेट चलाउँदा भीपीएन उपयोग गर्नुहोस् । यसो गर्दा अलिकति भए पनि गोपनीयता कायम रहन्छ ।


सुरक्षित बनाउने वैकल्पिक उपायः लिनक्स

लिनक्स कम्प्युटर र स्मार्टफोनको वैकल्पिक अपरेटिङ सिस्टम हो जसलाई प्रायःजसो वैज्ञानिकहरूले चलाउँछन् । विशेषज्ञहरू यसलाई सबैभन्दा सुरक्षित अपरेटिङ सिस्टम मान्छन् । यसमा आधुनिक डिस्ट्रिब्युशन सिस्टम सजिलै इन्स्टल गर्न सकिन्छ । चल्तीका डिस्ट्रिब्युशन सिस्टम यसप्रकार छन्ः ‘Ubuntu’, ‘openSUSE’, ‘Debian’, ‘Mint’ र ‘Elementary OS’ ।

लिनक्सको खास फाइदा यो निःशुल्क र ओपन सोर्स अपरेटिङ सिस्टम हो । अनि यसलाई सजिलै कन्फिगर गर्न सकिन्छ । सुरक्षा खतरा आइलागेमा यसमा अरू सिस्टममा भन्दा चाँडै थाहा पाइन्छ । यो विन्डोज र एप्पल जति चल्तीमा नभएकाले यसलाई बिगार्ने भाइरस पनि थोरै छन् । लिनक्सले हरेक वर्ष सर्वाेत्तम लिनक्स डिस्ट्रिब्युशनको सूची निकाल्छ ।

डिस्ट्रिब्युशनका लिंक यहाँ पाउन सकिन्छः

  • Tails: सुरक्षा सर्वाेत्तम भएको र युएसबी डिभाइसमा उपयोग गर्न सकिने
  • Elementary: सबैभन्दा राम्रो देखिने
  • Ubuntu: लोकप्रिय र ल्यापटपका लागि राम्रो
  • Open Suse: उपयोगकर्ताका लागि सजिलो
  • Debian: सर्भरका लागि उपयुक्त
  • Linux Mint: उपयोगकर्ताका लागि सजिलो