1.1.2. पोल खोल्ने, गेट पाले र ढोका खोल्ने

1.1.2. पोल खोल्ने, गेट पाले र ढोका खोल्ने


कहिलेकाहीं कुनै सामग्री पढ्दा कुनै फलानो संस्थामा भएका नराम्रा कामको पोल खोल्ने (असन्तुष्ट कर्मचारी जसले आनो संस्थामा भएका नराम्रा कुरा बताउँछ) मानिस यो रहेछ भनी पत्ता लाग्न सक्छ । विकसित देशका धेरै कम्पनी, संस्था र सरकारी कार्यालयमा अनौपचारिक इलेक्ट्रोनिक बैठक ‘कक्ष’ हुन्छन् जहाँ आलोचनात्मक विचार र जानकारी आदानप्रदान गर्न सकिन्छ । तर यस्ता साइटमा भएका जानकारी सोझै आनो स्टोरीमा नराख्नुहोस् । पोल लगाउने मान्छेका कुरा जायज छन् र उसले आनो दाबीका पक्षमा प्रमाण प्रस्तुत गर्न सक्छ भने मात्र राख्नुहोस् । उसलाई भेटेर उसले भनेका कुरालाई पुष्टि गर्ने प्रमाण माग्नुहोस् ।

सेक्रेटरी, रिसेप्सनिस्ट र गेटको सुरक्षा अधिकारी जस्ता मानिस पत्रकारका लागि धेरै उपयोगी हुन्छन् । उनीहरूले तपाईंलाई संस्थाको कार्यालयमा प्रवेश गर्न दिनसक्छन्, अथवा त्यस अफिसमा को को आउँछन् भनी बताउन सक्छन् । यसो भएपछि तपाईंले कार्यालय भित्र पस्न र त्यहाँ को को आउँछन् भन्ने कुरा थाहा पाउन भेष बदल्नुपर्दैन । माथिल्ला तहका मानिसलाई मात्र भेट्नु गल्ती गर्नु हो । यसो नगर्नुहोस् । सबैसँग पेशागत सम्बन्ध राख्नुहोस् । माथि भनिएका मानिसहरूले तपाईंलाई भित्र पस्न मात्र होइन जानकारी पाउनबाट पनि रोक्न सक्छन् । ब्यांक अथवा सरकारी कार्यालयका कर्मचारीले जागिर खाँदा करारपत्रमा हस्ताक्षर गरेका हुनसक्छन् जसमा कार्यालयका कुरा कसैलाई नबताउने शर्त राखिएको हुनसक्छ । त्यसैले आफूसँग भएका जानकारी दिन उनीहरू कानूनी रूपले बाध्य हुँदैनन् । सानातिना कामका लागि उनीहरूसँग सहयोग नमाग्नुहोस् । उनीहरूसँग होशियार भएर सम्बन्ध राख्नुहोस् जसले गर्दा उनीहरूको पहिचान सकेसम्म नखोलियोस् ।

‘यो कुरा कसलाई थाहा होला ? अथवा यो जानकारी कोसँग छ ?’ खोजका क्रममा यी प्रश्न असाध्यै उपयोगी हुन्छन् । आफूले खोजेको एउटा जानकारी धेरै जना अथवा धेरैवटा संस्थासँग हुनसक्छ । कुनै एउटा विभाग अथवा मन्त्रालयले त्यो जानकारी दिन अस्वीकार ग¥यो भने अर्काे संस्था अथवा गैरसरकारी संस्था अथवा विश्वविद्यालयका अनुसन्धानकर्ता अथवा संसद्को सम्बन्धित समितिका सदस्यसँग माग्न सकिन्छ । संस्थामा कसले के काम गर्छ, कसको हैसियत के हो, महत्वपूर्ण व्यक्ति को हो र निर्णय कसले गर्छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।

संस्थाका प्रभावशाली मानिसले तपाईंका कुरा मन पराए अथवा तपाईं राम्रो काम गर्दै हुनुहुन्छ भनी विश्वास गरे भने तपाईंले खोजेको जानकारी भएका मानिसलाई तपाईंसँग कुरा गर्न मनाउन सक्छन् । कहिलेकाहीं पाका व्यक्तिले सहयोग गर्न सक्छन्, कहिलेकाहीं कम उमेरका व्यक्तिले पनि सहयोग गर्न सक्छन् । अरूले आदर गर्ने मानिसले ‘यो पत्रकार ठीक छ । उसँग कुरा गरे हुन्छ’ भनिदिए भने अरू मानिस तपाईंसँग कुरा गर्न इच्छुक हुन्छन् । पृष्ठभूमि अनुसन्धान गर्दा यस्ता मानिस पत्ता लगाउनुपर्छ र जति वेला सकिन्छ त्यति वेला उनीहरूसँग सम्बन्ध राख्नुपर्छ ।