2.1. आफ्नो सुरक्षा


पत्रकारको सुरक्षा सम्बन्धी कानूनी व्यवस्था फरक देशमा फरक खालका छन् । आनो कानून र आफूलाई कस्ता जोखिम आइलाग्लान् र त्यसले कस्तो परिणाम ल्याउन सक्छन् भन्ने थाहा पाउनु पत्रकारको दायित्व हो ।

स्रोतलाई भेट्ने सबैभन्दा उत्तम ठाउँ कुन हो भनी निर्णय गर्दा बुद्धि पु¥याउनुपर्छ । सार्वजनिक ठाउँमा भेट्न राम्रो होला कि निजी घरमा ? हल्लाखल्ला भएको ठाउँ राम्रो होला कि कोही पनि नआउने, एकान्त ठाउँ ठीक होला ? भेटघाट गर्ने ठाउँमा क्यामराबाट निगरानी गरिएको छ कि ? भेटघाटमा हुने संवेदनशील कुराकानी अरूले सुन्ला भन्ने डर छ भने अलि हल्ला भएको ठाउँमा भेट्नुहोस् । यस्ता ठाउँमा अरूले तपाईंहरूका कुरा सुन्न (लुकाएर राखिएका रेकर्डरले रेकर्ड गर्न) कठिन हुन्छ ।

आफूलाई स्रोतले बताएका कुरा नोटमा टिप्नुहोस् अथवा कम्प्युटरमा राख्नुहोस् अथवा कुराकानीको साउन्ड वा भिडियो राख्नुहोस् । यस्तो जानकारी सकेसम्म जस्ताको तस्तै हुनुपर्छ, कुराकानी भएको मिति राम्रोसँग उल्लेख हुनुपर्छ । तिनलाई यस्तो किसिमले फाइलमा राख्नुपर्छ जसलाई पछि खोज्ने वित्तिकै पाइयोस् । स्रोतले जे जानकारी दिन सक्छु भनेको छ÷दिएको छ ती जानकारी दिनसक्ने हैसियतमा ऊ छ कि छैन भन्ने कुरामा एकदमै स्पष्ट हुनुहोस् । उसले के कुरा वास्तवमै देखेको, जानेको हो र ऊ के भन्नका लागि तयार छ, उसले तपाईंलाई के नियतले जानकारी दिएको हो भन्ने कुरा खोज्नुपर्छ । स्रोतले बोलेका वास्तविक वाक्य टिप्नुहोस्, तिनलाई आना शब्दमा पुनर्लेखन गर्ने होइन । अथवा स्रोतले मान्छ भने टेपमा रेकर्ड गर्नुहोस् । स्रोत र तपाईंबीच भएका सबै कुराकानी रेकर्ड गर्नुहोस् । पैसा माग्यो भने त्यो पनि रेकर्ड गर्नुहोस् । पैसा दिनुभएको छ भने त्यसको भर्पाइ राख्नुहोस् ।

आनो स्रोतसँग पारदर्शी र इमानदार सम्बन्ध कायम राख्नुहोस् । जस्तोसुकै कारण भए पनि उसलाई नढाँट्नुहोस्, धोका नदिनुहोस् । पूरा गर्न नसकिने आश्वासन नदिनुहोस् । हुनै नसक्ने खालका खतरा छन् भनेर डर पनि नदेखाउनुहोस् । स्रोतसँग धेरै घनिष्ट नहुनुहोस् अथवा उसका समस्यामा धेरै चुर्लुम्म नडुब्नुहोस् । यसो गरेका खण्डमा तपाईंले स्रोत र घटनासँग पत्रकारका हैसियतमा जति दूरी राख्नुपर्ने हो त्यति राख्न सक्नुहुन्न ।

आफूलाई स्रोतले भनेका सबै कुरा सही हुन् कि होइनन् भनी यकिन गर्नुहोस् । उसले तपाईंलाई जति आलोचना गरे पनि आवेशमा नआउनुहोस्, त्यसलाई धैर्यपूर्वक लिनुहोस् । उसले दिएको व्यक्तिगत विवरण सही छ कि छैन भनी जाँच्नुहोस् । उसले स्टोरीको कुनै पक्ष बारेमा बताएन कि भनी शंका गर्नुहोस् । अप्ठ्यारा प्रश्न सोध्नुहोस् । उससँगको सम्बन्ध अनपेक्षित ढंगले टुट्न वा समस्यामा पर्न सक्छ भन्ने कुरा ख्याल गर्नुहोस् । कहाँनेर कस्तो गल्ती भयो भनेर सोध्न कहिल्यै पनि नहिचकिचाउनुहोस् । कुनै पनि मानिसले पूर्ण कुरा जानेको हुन्छ भन्ने छैन । स्रोतका बारेमा पछि नयाँ कुरा थाहा पाउँदा अचम्ममा नपर्नुहोस् । स्रोतको सुरक्षा गर्नका लागि स्रोत र तपाईंबीच सहमति भएका बुँदाबाहेक स्टोरी के, कसरी लेख्ने, त्यसमा के के जानकारी राख्ने भन्ने कुरामा स्रोतको हस्तक्षेप अस्वीकार गर्नुहोस् ।