2.1.1. कानूनी कागज


आफू र आना साक्षीको सुरक्षा गर्ने एउटा तरिका स्रोतको सही र साक्षी भएको कानूनी दृष्टिले मान्य कागज बनाउनु हो । ठूला मान्छेसँग इगो पनि ठूलै हुन्छ । यही विशेषताले गर्दा तपाईंसँग उनीहरूले मपाइत्व प्रदर्शन गर्न, हाकिमको जस्तो हैकम देखाउन सक्छन् । यस्तो अवस्थासँग जुध्न तपाईंसँग जोखिम उठाएर भए पनि जानकारी लिने गुण छ ।

हरेक पेजमा छोटकरी र अन्त्यमा पूर्ण हस्ताक्षर भएको, वकिलको उपस्थितिमा तयार गरिएको यस्तो कागजलाई अधिकांश देशका अदालतले मान्यता दिन्छन् । यसको कानूनी मान्यता हुन्छ । यसको अर्थ हो आवश्यक परेमा तपाईंको स्रोत अदालतमा उपस्थित भएर प्रमाण दिन तयार छ । यस्तो कागज सुरक्षित राख्न कुनै वकिललाई दिनुपर्छ । तपाईंको स्टोरीका विरुद्ध कसैले मुद्दा हाल्यो भने र तपाईंसँग माथि भनिएजस्तो कागज छ भने यो कुरा प्रष्ट हुन्छः अदालतले सुरक्षा प्रदान गरेका खण्डमा तपाईंको स्रोत अदालतमा उपस्थित हुन तयार छ । पछि स्रोतले तपाईंसँग कुरा गरेकै थिइनँ भन्न पाउँदैन ।