2. अन्तर्वार्ता गर्दा कस्तो व्यवहार अपनाउने ?

2. अन्तर्वार्ता गर्दा कस्तो व्यवहार अपनाउने ?


पत्रकारहरू आफ्नो पेशाका बारेमा फैलिएका नराम्रा प्रचारबाट सताइन्छन् । उनीहरूलाई अर्काको कामको निन्दा गर्ने, सनसनी फैलाउने, मानिसको इज्जत नष्ट गर्ने, विपक्षीका लागि काम गर्ने, कठोर काम गर्ने मानिसलाई आफ्नो कर्तव्य पूरा गर्न नदिने र अरूको अनादर गर्ने प्राणी हुन् भन्ने आरोप लगाइन्छ । कहिलेकाहीं, यी आरोप सही हुन्छन् । यस्ता नकारात्मक सोचाइ हटाउने एउटै उपाय आफूले शालीन ढंगले व्यवहार गर्नु हो । अभद्र व्यवहार नगर्नुहोस् र अनावश्यक कुरा नमाग्नुहोस् । ‘मैले राति होस् कि दिउँसो जुनसुकै वेला फोन गरेर केही कुरा मागें भने तिमीले दिनुपर्छ’ भन्ने भान पार्ने खालको व्यवहार ग¥यो भने बाँकी समाजले तपाईंसँग शत्रुवत् व्यवहार गर्नु स्वाभाविक हो ।

धेरै मानिस पत्रकार भनेका राम्रा र इमानदार मानिस हुन् भन्ने विश्वास गर्न चाहन्छन् । त्यसैले आफ्नो स्रोतलाई शुरूमा सामान्य प्रश्न सोध्नुपर्छ । उनीहरूलाई यस्तो प्रश्न सोध्न सकिन्छः ‘यो काम कसरी गरिन्छ भन्ने जान्न मलाई मन छ’ अथवा ‘पाठकलाई यो कुरा बुझ्न सजिलो बनाइदिनुस् न ।’ यसो गर्दा राम्रो परिणाम आउँछ । धेरैजसो समयमा, आफूसँग भएका जानकारी पत्रकारलाई दिंदा सार्वजनिक हित हुन्छ भन्ने कुरामा विश्वस्त भएमा स्रोतले पत्रकारलाई सहयोग गर्छन् ।

यसो गर्नु रणनीतिक कुरा मात्रै होइन । हामी भन्नका लागि आफूलाई ‘चौथो अंग’ भन्छौं तर सरकारी कर्मचारीका कामको अनुगमन गर्नका लागि कुनै पत्रकार आजसम्म निर्वाचित गरिएका छैनन् । पत्रकार नागरिक समाजका अंग हुन् । यस अर्थमा राज्यले नागरिकको सेवा गर्नुपर्छ भन्ने कुरा यकिन गर्ने जिम्मेवारी उनीहरूको पनि हो । यही आधारमा उनीहरू पत्रिका अथवा प्रसार माध्यममा पुगेका हुन्छन् । असहयोगी कम्पनी अथवा भ्रष्ट राजनीतिज्ञका काम उदाङ्गो पार्न उनीहरूले कानून विपरीत उपकरण लुकाएर रेकर्ड गर्दा पनि पत्रकारले भद्र तरिकाले, इमानदार र पारदर्शी (जति सकिन्छ त्यति पारदर्शी) ढंगले काम गर्नु जरूरी हुन्छ ।

आफूबाट पत्रकारिताको सीमा ननाघियोस् भन्ने कुरा यकिन गर्नका लागि आफूलाई यी कुरा सोध्नुहोस्ः

? जसका बारेमा अनुसन्धान गरिरहेको छु उसका ठाउँमा भएको भए म के गर्थें ? जुन व्यवहार अरूले आफूलाई गर्दा नराम्रो लाग्छ त्यस्तो व्यवहार अरूलाई नगर्ने ।
? म कति उत्तरदायी छु ?
? म अरूलाई पनि यस्तै व्यवहार गर्छु ?
? मैले आफूलाई कसरी सन्तुलित राख्छु ?