3.2. विवादमा नपर्नुहोस्


धेरै देशका सरकार आतंककारी गतिविधिमा संलग्न भएका हुन्छन् । यस्तो अवस्थामा कसरी काम गर्ने ? ‘मैले अहिलेसम्म जो जोसँग कुराकानी गरें उनीहरूमध्ये कसैले एक थरी कुरा भने कसैले अर्काे थरी कुरा गरे । मलाई सम्पादकले यो कुरा तपाईंलाई नसोधी नआउनू भन्नुभएको छ ।’ यसरी उसलाई जवाफ दिन घचघच्याउनुहोस् । तर कुन स्रोतले भनेको हो भन्ने कुरा नबताउनुहोस् । उदाहरणका लागि, ‘मेरो एउटा स्रोतले यसो भन्यो तर …’ अथवा ‘मैले यस्तो हल्ला सुनेको छु । यस विषयमा तपाईं के भन्नुहुन्छ ?’ भनी उसलाई जवाफ दिन उक्साउन सकिन्छ ।