आफूलाई चाहिने प्रमाण कुन कुन स्रोतबाट पाउन सकिन्छ भनी त्यसको सूची बनाइसकेपछि कुन कुन प्रमाण फेला परेका खण्डमा आफ्नो स्टोरीको मान्यता सही ठहरिन्छ अथवा कस्तो जवाफ फेला परेका खण्डमा आफ्नो स्टोरीको प्रश्नको उत्तर भेटेको ठहरिन्छ भन्ने कुरा निर्धारण गर्नुपर्छ । पानीको गुणस्तरको जाँच पहिले जस्तो कडाइका साथ गरिंदैन भन्ने तथ्य भेटियो भने स्टोरीको मान्यता प्रमाणित भएको ठान्ने ? अथवा कडाइका साथ जाँच नगर्दा के परिणाम निस्क्यो भन्ने कुरा पनि पत्ता लगाउनुपर्छ ? राम्रा खोज पत्रकारले आफ्नो मान्यतालाई सही प्रमाणित गर्ने खालका मात्र होइन त्यसलाई गलत प्रमाणित गर्ने खालका प्रमाण पनि खोज्छन् । उदाहरणका लागि, धनी सरकारी कर्मचारीले दश लाख रुपैयाँ घूस आउने काममा आफ्नो समय खर्च गर्ला र ? अथवा यति थोरै पैसा घूस खान उसले जोखिम उठाउला ? आफ्नो मान्यतालाई गलत प्रमाणित गर्ने खालका प्रमाण पनि खोजेका खण्डमा आफूले जे प्रमाणित गर्न खोज्यो त्यो कुरा प्रमाणित गर्न पर्याप्त प्रमाण नभए पनि प्रमाण पुग्यो भन्ने भ्रममा परिंदैन । आफूले विश्वसनीय र पूर्ण ठानेको प्रमाण विश्वसनीय र पूर्ण हो कि होइन ? आफू कस्ता खालका स्रोतमा भर परेको छु ? कतिवटा स्रोतमा भर परेको छु ? ती प्रमाणलाई गलत ठह¥याउने कुनै प्रमाण छन् कि ? कुन प्रमाणलाई सबैभन्दा बढी ध्यान दिएर जाँच्नुपर्छ ? कुन प्रमाणलाई सूक्ष्म तरिकाले जाँच गर्नुुपर्छ ? भनी हरेक चरणमा प्रश्न गर्नुपर्छ । अनुसन्धानका क्रममा तपाईं यस्तो गर्न सक्नुहुन्छ ?

केलाई ‘प्रमाण’ ठान्ने भन्ने बारेमा ध्यान दिनुपर्छ । अकाट्य प्रमाण आक्कलझुक्कल मात्र भेटिन्छन् । कहिलेकाहीं आफ्नो स्टोरीको मान्यता सही होला जस्तो छ भनी अड्कल गर्न सकिने मात्र प्रमाण भेट्न सकिन्छ । फौजदारी मुद्दा लगाउनेले ‘शंका गर्न नमिल्ने खालका अकाट्य’ प्रमाण जुटाउनुपर्छ भने देवानी मुद्दामा एक पक्षमाथि ‘सम्भावित प्रमाण’ जुटाए पुग्छ । आफ्नो स्टोरीमा अकाट्य प्रमाण अथवा शंकास्पद परिस्थिति’ मध्ये के जुटाइएको छ भन्ने स्पष्ट पार्ने हो भने अकाट्य प्रमाण नभेटिए पनि स्टोरी तयार हुन्छ । तर यसो गर्दा स्टोरी कसरी लेख्ने भन्ने बारेमा एकदमै धेरै ध्यान पु¥याउनुपर्छ ।