WHAT'S NEW?
  • Don’t miss the newest edition – The Chinese manual READ MORE
  • New: Case studies on investigative reporting from the Balkans READ MORE
  • Great news for journalists from Nepal: Our Nepali edition is online! READ MORE

अंक र ग्राफको व्याख्या गर्नका लागि तिनका लिजेन्ड पढ्नुहोस् । ग्राफ हेर्नका लागि त्यसको स्केल र शुरूआत विन्दु बुझ्नुपर्छ । स्केल बढाएर र निश्चित अवस्थाबाट ग्राफ शुरू गरेर सानो कुरालाई पनि ठूलो कुरा जस्तो गरी देखाएर भ्रम पारेको हुनसक्छ । ग्राफको व्याख्या गर्दा अंक अथवा प्रतिशतमा गडबड छ कि भनी हेर्नुहोस् । स्याम्पल र तुलना गरिएका समूहका बारेमा माथि उल्लेख भएजस्ता जानकारी पनि ख्याल गर्नुहोस् ।

कहिलेकाहीं, दुई खालका अंक एकै ढाँचामा रहेजस्तो देखिनसक्छ । तर तिनका आधारमा दुईवटाका बीचमा सम्बन्ध छ भनेर प्रमाणित गर्न नसकिने पनि हुनसक्छ । अथवा एउटाका कारणले अर्काेमा असर प¥यो भनी भन्न नमिल्ने हुनसक्छ । उमेर बढ्दै जाँदा बालबालिका ठूला हुँदै जान्छन्, उनीहरूको भाषाको ज्ञान पनि लगभग त्यही अनुसार बढ्छ । तर त्यसको मतलब शरीर बढ्दै जाँदा मानिसको भाषागत सीप बढ्छ भन्ने अर्थ लाग्दैन ∕ त्यसैले, दुई खालका अंकका बीचमा सम्बन्ध छ भनेर किन भनिएको हो भनी जान्न ग्राफ र चार्ट राम्ररी हेर्नुहोस् । यी दुईका बीच सम्बन्ध छ भनी कुनै अनुसन्धानले प्रमाणित गरेको छ ? यस्तैगरी, एउटा घटना भएपछि अर्काे घटना भयो भन्दैमा पहिलो घटनाले गर्दा दोस्रो घटना भयो भन्न मिल्दैन (उदाहरणका लागि, प्लेन दुर्घटना भएपछि बस दुर्घटना भयो भन्दैमा प्लेन दुर्घटनाले बस दुर्घटना गरायो भन्न हुँदैन) । डेटा एक्लैले केही पनि बताउन सक्दैन । अनुसन्धान कुन सन्दर्भमा भएको हो भनी थाहा पाउनुपर्छ । पहिलो घटनाले दोस्रो घटना गरायो भनी भन्नका लागि निश्चित सटिक तरिका पत्ता लगाउनुपर्छ ।


यहाँसम्म आइपुग्दा तपाईंले केही सूचना संकलन गरिसक्नुभयो, थप सम्भावित स्रोतको नाम फेला पारिसक्नुभयो र आफ्नो डेटाबेस तयार गरिसक्नुभयो । आउने खण्डमा हामी राम्रा मानव स्रोत कसरी फेला पार्ने र यी स्रोतलाई के कुरा थाहा छ भन्ने अन्तरज्ञान कसरी पाउने भन्ने बारेमा छलफल गरिएको छ ।