पत्रकारले आफूले गरिरहेको स्टोरीका सबै पक्षका जानकारी खोज्नुपर्छ । स्टोरीको विषयसँग सम्बन्धित पक्ष विपक्ष र उनीहरूका बीचको द्वन्द्व अनि आरोप लगाउने र लागिने मानिसका व्यवहार राम्रोसँग अध्ययन गर्नुपर्छ । तर सुराक, गफ, व्यक्तिगत अनुभव अथवा अन्य किसिमले पाइएका जानकारी सही हुन् कि होइनन् भनी कसरी जाँच्ने ?

वेबसाइटबाट खोजिएका जानकारीका सम्बन्धमा दुई किसिमका प्रश्न सोध्नुपर्छ । पहिलो, यो कसले लेखेको हो र यस विषयमा लेख्न उनीहरू कत्तिको योग्य छन् रु यो लेख्न उनीहरूलाई केले प्रेरित ग¥यो ? वेब, ट्वीटर र फेसबूकमा जसले जे पनि पोस्ट गर्न सक्छ । इमानदार विज्ञदेखि लिएर भलो कुरा होस् भनी चाहना गर्ने मानिससम्म, व्यापारिक अथवा राजनीतिक स्वार्थ समूहले पैसा दिएर नियुक्त गरेका मानिसदेखि सर्वसाधारणसम्म । त्यसैले, वेबमा राखिएका जानकारी कति विश्वसनीय छन् भनी जाँच्नुपर्छ ।

दोस्रो, स्टोरीका संकेत दिने जानकारी वेबमा पोस्ट गर्ने व्यक्तिका बारेमा के कस्ता विवरण सार्वजनिक रूपमा उपलब्ध छन् रु खोज पत्रकारले उनीहरूको जीवनी, उनीहरूको पढाइ, उनीहरूले सम्हालिसकेका पद आदि बारेमा थाहा पाउन कोशिश गर्नुपर्छ । उनीहरूको फेसबूक र ट्वीटर अकाउन्ट हेर्नुपर्छ । कुनै नयाँ उद्यमको चर्चा भएको रहेछ भने त्यसका मुख्य सञ्चालक को हुन् भनी थाहा पाउनुपर्छ । उनीहरूका मित्र र वैरी को को हुन् अनि उनीहरूको कामसँग सम्बन्धित सरकारी कर्मचारी को को हुन् थाहा पाउनुपर्छ । नयाँ कृषि मन्त्री कृषिसँग सम्बन्धित कुनै उद्यमको बोर्डमा रहेछ भने यसो हुनु वैधानिक हो भनी प्रश्न सोध्नुपर्छ । वैधानिक नै रहेछ भने पनि यसो गर्नु दुई नाउमा खुट्टा हाल्नु ९अर्थात् स्वार्थ बाझिनु० हो । यस्ता सम्बन्ध थाहा पाउँदा आफ्नो सम्भावित स्टोरीका बारेमा उपयोगी अन्तरज्ञान पाइन्छ ।

पेट्रोल, जग्गा अथवा छात्रवृत्ति जस्ता दुर्लभ स्रोत साधनको वितरणसम्बन्धी प्रतिवेदनमा यी स्रोतसाधन वितरण गर्दा भ्रष्टाचार भएको संकेत मिल्न सक्छ । यी स्रोतसाधन वितरणसम्बन्धी अन्तिम निर्णय कसले गर्छ र यी स्रोतसाधन वितरण गर्ने प्रणाली के कस्तो छ भन्ने कुरा थाहा पाउँदा भ्रष्टाचारका स्टोरी पाउन सकिन्छ किनभने दुर्लभ स्रोत साधनको वितरण गर्ने मानिसले यसबाट व्यक्तिगत लाभ उठाउन सक्छन् । वेबसाइटमा उपलब्ध जानकारी राम्रोसँग अध्ययन गरेका खण्डमा यी मानिसले कति जानकारी दिएका रहेछन् र कति जानकारी लुकाएका रहेछन् भन्ने थाहा पाइन्छ ।

शक्तिशाली सरकारी कर्मचारी अथवा राजनीतिज्ञले कसैमाथि गलत अथवा एकपक्षीय आरोप लगाउन मिल्ने कागजी ‘प्रमाण’ पाउन सक्छन् अथवा बनाउन सक्छन् । सरकारी लेटरहेड, कम्प्युटर अथवा फोटोकपियर जुटाउन सक्ने जोसुकै पनि नक्कली कागज तयार गर्न सक्छ । कागजात सक्कली नै भए पनि कुनै विषयसँग सम्बन्धित छानिएका केही कागज मात्र पत्रकारको हात प¥यो र सोचविचार गरिकन अरू महत्वपूर्ण कागज लुकाइएको रहेछ भने ती कागजले आफूले अध्ययन गरेको विषयको आंशिक र अर्धसत्य चित्र मात्र देखाउँछ, पूर्ण तस्वीर होइन ।

कहिलेकाहीं कागजात पत्रकारले बुझ्न नसक्ने गरी जटिल अथवा प्राविधिक हुन्छन् । ती कागजात बुझ्न विज्ञको सहायता लिनुपर्छ । यस्ता कागजातका सम्बन्धमा लेखापाल, वकिल अथवा डाक्टर जस्ता स्वतन्त्र विज्ञसँग छलफल गर्नुपर्छ । सामान्य खालका जस्ता लाग्ने डकुमेन्ट पढ्दा पनि तिनको गलत व्याख्या गरिने डर हुन्छ । कहिलेकाहीं आरोप सही हुनसक्छ तर त्यस्तो गलत काम सारै सानो हुनसक्छ । भ्रष्टाचार गरेको आरोप जताततै फैलिएका वेलामा सुराक÷संकेत दिने मान्छेले पत्रकारलाई उपयोग गरेर उसका प्रतिद्वन्द्वीलाई तह लगाउने, आफ्नो स्वार्थसिद्ध गर्नमा आइपरेका बाधा हटाउने अथवा उनीहरूको महत्वाकांक्षा पूरा गर्न खोजेका छन् कि भनी पत्रकार सतर्क हुनुपर्छ ।

खोज गर्ने अर्को तरिका हो— विभिन्न क्षेत्रका मानिससँग नियमित रूपमा कुराकानी गर्नु । कुनै निश्चित विषयमा छलफल गर्ने उद्देश्य विनै पनि विज्ञसँग नियमित रूपमा भेटघाट गरियो भने अरू रिपोर्टरले थाहा पाउनुभन्दा पहिल्यै आफूले रिपोर्टिङका लागि आइडिया पाउन सकिन्छ । आफूलाई चाहिएका वेलामा मात्रै सम्पर्क ग¥यो भने विज्ञहरूलाई पत्रकारले आफूलाई उपयोग गरिरहेको जस्तो लाग्छ । यस्ता स्रोतले पत्रकारलाई आफैं जानकारी दिंदैनन् । राम्रो स्टोरी आइडिया पाउनका लागि पत्रकार रचनात्मक र जिज्ञासु बन्नुपर्छ ।


खोज पत्रकार तथा इन्सिएडका प्रोफेसर मार्क हन्टर र उनका डच साथी लुक सेनेगरको सल्लाहः

"हामी स्टोरीको आइडिया थाहा पाउनका लागि जानकारी संकलन गर्छौं । हामी स्टोरी तय भइसकेपछि त्यससम्बन्धी जानकारी संकलन गर्ने मात्र गर्दैनौं । स्टोरी पढेपछि पाठकमा आवेग उत्पन्न हुनुपर्छ । स्टोरीमा उल्लेख भएका गलत काम गर्ने मानिससँग पाठक रिसाउन्, अरूका दुःखमा रोउन् र त्यस्तो अवस्था फेर्न प्रतिबद्ध भएर लागुन् भन्ने चाहना पत्रकारमा हुन्छ । यसो गराउन सकिएन भने प्रमाण भेला गर्न त्यत्रो समय खर्च गरेको, आफ्नो जीवन र सम्बन्ध जोखिममा पारेको के अर्थ हुन्छ र रु आफ्नो स्टोरीमा मानिसका जीवन राखिदिनुपर्छ, उनीहरूका भनाइ मात्र होइन ।"