आफ्नो फोन अथवा कम्प्युटर लक गर्न पासवर्ड राख्नुपर्छ । वाइफाइको राउटर अथवा इमेलमा लग अन गर्न पनि पासवर्ड चाहिने बनाउनुपर्छ । डेटा इन्क्रिप्ट गर्दा पनि पासवर्ड चाहिने व्यवस्था गर्नुपर्छ । त्यसैले, बलियो पासवर्ड आफ्नो डेटा सुरक्षित राख्ने मुख्य उपाय हो । पासवर्ड जति छिटो छिटो फे¥यो आफ्ना डेटा त्यति बढी सुरक्षित हुन्छन् । आफ्ना उपकरण खोल्ने र इमेल जस्ता अकाउन्टमा लग अन गर्ने पासवर्ड ढिलोमा पनि तीन÷तीन महीनामा फेर्नुपर्छ । वाइफाइ राउटरको पासवर्ड वर्षमा दुई पटक फेर्नुपर्छ । अरू कामका लागि पासवर्ड कम्तीमा पनि वर्षमा एक पटक फेर्नुहोस् ।

पासवर्ड बलियो बनाउने केही उपायः

  • >   हरेक अकाउन्टका लागि छुट्टाछुट्टै पासवर्ड राख्नुहोस् ।
  • >   शब्दकोशमा पाइने शब्द कहिल्यै नराख्नुहोस् ।
  • >   आफ्ना परिवारका सदस्य, साथी अथवा कुकुर बिरालाका नाम वा जन्ममिति कहिल्यै नराख्नुहोस् ।
  • >   सकेसम्म लामो पासवर्ड राख्नुहोस् । १५ वटा जति अक्षर भएको पासवर्ड सबैभन्दा बलियो हुन्छ ।
  • >   कुनै अक्षर लोवर केसमा र कुनै अक्षर क्यापिटल लेटरमा राख्नुहोस् । पासवर्डमा विशेष चिह्न र अंक पनि राख्नुहोस् ।

जटिल पासवर्ड सम्झिन धेरैलाई गाह्रो हुन्छ । यसो नहोस् भन्नका लागि छपजपउतज (अर्थात् मैले पाँच कक्षामा हुँदा कविता पढ्न थालेको हुँ) जस्ता पासवर्ड राख्नुहोस् ।

पासवर्ड कत्तिको बलियो छ भनी जाँच्न सहयोग गर्ने र घरको सामान्य कम्प्युटर अनि अत्यन्तै फास्ट सुपर कम्प्युटरलाई क्र्याक गर्न कति समय लाग्ला भन्ने बारेमा जानकारी धेरै वेबसाइटमा पाइन्छ । प्बकउभचकपथ यस्तो एउटा वेबसाइट हो । यस्ता साइटमा आफ्नो वास्तविक पासवर्ड इन्टर गर्दा सुरक्षा जोखिम बढ्छ, त्यसैले आफ्नो वास्तविक पासवर्डसँग मिल्दोजुल्दो पासवर्ड इन्टर गरेर त्यसको क्षमता जाँच्नुपर्छ ।

हरेक अकाउन्टका लागि फरक फरक पासवर्ड सम्झन सकिंदैन भने “प्भभएबकक” यच “क्बाभ ष्ल ऋयिगम” जस्ता एप्स उपयोग गर्नुपर्छ । यी एप्सले पासवर्ड र इन्क्रिप्ट गर्ने जानकारी सुरक्षित तरिकाले राखिदिन्छन् । (अत्यन्तै बलियो) मास्टर पासवर्ड इन्टर गरेपछि मात्रै यी जानकारी खुल्छन् । यी टुल्समा पासवर्ड जेनरेटर पनि हुन्छ । तपाईंको मोबाइल फोनका एप स्टोरमा पनि यस्ता खालका टुल्स पाइन्छन् ।

वान टाइम पासवर्ड ९इत्ए० को उपयोग गर्नु पनि अत्यन्तै उपयोगी हुन्छ । यी पासवर्ड एक पटक मात्रै उपयोग गर्न सकिन्छ । यस्ता पासवर्डका साथमा सधैंभरि उपयोग गर्ने अरू पासवर्ड पनि उपयोग गर्नुपर्छ । यस्तो कामलाई टु–फ्याक्टर–अथेन्टिकेशन ९द्दँब्० भनिन्छ । यो बैंकिङ कारोबार गर्ने टिएएन जेनरेटर जस्तै हो । नेपालका केही बैंकमा इलेक्ट्रोनिक कारोबार गर्दा पनि ओटिपी नभई हुँदैन । ओटिपी जेनरेट गर्ने दुईवटा तरिका छन् । एक, “न्ययनभि ब्गतजभलतष्अबतयच” ९ब्लमचयष्मरष्इक्०, “ब्गतजभलतष्अबतयच एगिक” ९ब्लमचयष्म० बलम “द्दक्त्ए ब्गतजभलतष्अबतयच” ९ष्इक्० मार्फत टेक्स्ट म्यासेजमा पठाइने । दुई, विशेष चिह्नमार्फत पठाइने । फेसबूक, जिमेल अथवा ट्वीटर जस्ता सेवाले ओटिपीको सुविधा दिइसकेका छन् । केही वैकल्पिक इमेल सेवा प्रदायक (जस्तै मेलबक्स) ले टु–फ्याक्टर–अथेन्टिकेशनको सुविधा दिएका छन् ।