खोज पत्रकारिता आकर्षक काम हो र खोज पत्रकार सेलिब्रेटी समेत बन्न सक्छ ।

यसै भएर होला ‘अल द प्रेसिडेन्ट्स मेन’ नामक फिल्मको प्रचार सामग्रीमा वाटरगेट काण्ड जनसमक्ष ल्याउने पत्रकार होइन तिनको भूमिका खेल्ने कलाकार रबर्ट रेडफोर्ड र गस्टिन हफम्यानको फोटो राखिएको छ । त्यसैले यो भ्रममा नपरौं । वास्तवमा खोज पत्रकारिता कठिन, निरस काम हो र यो काम कहिलेकाहीं खतरनाक पनि हुन्छ ।

पत्रकार उनीहरूले गरेका स्टोरीभन्दा महत्वपूर्ण हुन्छन् ।

खोज पत्रकारिता भनेको जनसेवाको काम हो, आफ्नो अहंकार देखाउने ठाउँ होइन । खोज पत्रकार हुनु भनेको पेशागत आचारसंहिता उल्लंघन गर्ने अधिकार पाउनु होइन ।

खोज पत्रकारिता एकल प्रयास हो ।

खोज पत्रकारितामा आधारित फिल्ममा सबै काम कुरा हिरोले गरेजस्तो देखाइन्छ । तर व्यवहारमा त्यसो हुँदैन । समूहमा काम नगर्ने हो भने खोज पत्रकारिता दिगो हुँदैन ।

खोज पत्रकारिता मूलतः निजीक्षेत्रका सञ्चारमाध्यमले गर्ने गर्छन् ।

यो कुरा आंशिक रूपमा मात्र सत्य छ । सरकारी निकायमा हुने गरेका भ्रष्टाचार विरुद्ध सरकारी सञ्चारमाध्यमले अतुलनीय खालका खोजमूलक स्टोरी तयार गरेका उदाहरण पनि छन् ।

खोज पत्रकारिताले नराम्रा काममा मात्र ध्यान दिन्छ ।

समाज र समाजलाई सेवा पु¥याउने सञ्चारमाध्यम दुवैले समाजमा भइरहेका गलत काम बाहिर ल्याउनु र गलत काम हुने अवस्था सच्याउनुलाई प्राथमिकता दिन्छन् । तर सकारात्मक कुरा बाहिर ल्याउन पनि खोज पत्रकारिताको भूमिका हुन्छ । उदाहरणका लागि, कुनै समुदाय अथवा कोही मानिसका बारेमा असन्तुलित जानकारी बाहिर आएका छन् र उनीहरूलाई बदनाम गरिएको छ भने त्यसलाई सच्याउने उद्देश्यले पनि खोजमूलक स्टोरी तयार गर्न सकिन्छ । यस बाहेक, कसैलाई बदनाम बनाउने स्टोरीले मानिसलाई बेखुशी बनाउँछ । यस्ता स्टोरीको उद्देश्य कसैको निजी जीवनका बारेमा होहल्ला मच्चाउनु मात्र हुन्छ । त्यस्ता स्टोरी त्यतिवेला मात्र खोजमूलक स्टोरी हुन्छन् जतिवेला स्टोरीमा व्यक्तिका गलत व्यवहार मात्र होइन उसका यस्ता व्यवहारले सार्वजनिक हितमा कसरी हानि भइरहेको छ भनी देखाइएको हुन्छ ।

सबै राम्रा रिपोर्टिङ खोजमूलक रिपोर्टिङ हुन् ।

पत्रकारिताको परम्परागत परिभाषाले पत्रकारलाई ‘पहरेदार’ ठान्छ जसको काम गलत काम पत्ता लगाउनु, गलत काम गर्नेतिर औंला ठड्याउनु र फेरि त्यस्ता गलत काम गर्न नपाउने वातावरण बनाउनु हो । यो पत्रकारहरूको एउटा भूमिका हो । भ्रष्टाचारीले भ्रष्टाचार गर्न नपाउने वातावरण तयार गर्नु जरूरी छ । तर खोज पत्रकारले अपराधीमा मात्रै ध्यान दियो र अपराधीलाई अपराध गर्न दिने गलत प्रणालीका बारेमा बोलेन भने एउटा भ्रष्टले सजाय पाए पनि अर्काे भ्रष्ट निस्कन्छ र उसले पहिलोले गरे जस्तै भ्रष्टाचार गर्छ (पहिलोबाट पाठ सिकेर अझ राम्रोसँग गर्न पनि सक्छ) । खोजमूलक स्टोरीले मानिसलाई भ्रष्टाचार गर्न छूट दिने खालका छिद्र पहिल्याउनु र ती छिद्र टाल्न सक्ने मानिसलाई यसबारे सचेत गराउनु पनि पर्छ । शक्तिमा रहेकाहरूले यसो गरेनन् भने उनीहरूले त्यसो किन गरेनन् भनी अर्काे स्टोरी गर्नुपर्छ । त्यसैले, खोज पत्रकारले पत्रकारिताका अरू सबै सीप– अवलोकन गर्ने, अनुसन्धान गर्ने र जवाफ खोज्न प्रतिबद्ध भएर लाग्ने– त जानेको हुनुपर्छ । तर यति सीपले मात्रै ऊ खोज पत्रकार बन्न सक्दैन । ऊ अरू पत्रकारभन्दा फरक पनि देखिंदैन ।

Recommendation
Recommendation

Recommendation