2.3. कम्प्युटरको सहायताले गरिने रिपोर्टिङ


समाचारका लागि सूचना संकलन र विश्लेषण गर्न रिपोर्टरले कम्प्युटरको सहयोग लिने गर्छन् । विशेषगरी, इन्टरनेटले पत्रकारलाई अति धेरै जानकारी उपलब्ध गराएको छ, सूचनालाई व्यवस्थित गर्ने, सूचना लिने र विश्लेषण गर्ने पत्रकारको क्षमता पनि बढेको छ । सर्च प्रोग्रामले गर्दा वेबमा डेटा खोज्न सजिलो भएको छ । सबैभन्दा उत्तम सर्च प्रोग्राममा म्गअपम्गअपन्य र mभतब(अचबधभिचक पर्दछन् जसले एकै समयमा चार वा पाँचवटा सर्च इन्जिनमा सर्च गर्छन् । वेबमा सर्च गर्ने काममा पोख्त हुनका लागि किवर्ड र फ्रेज छान्नुपर्छ जसले गर्दा आफूलाई नचाहिने जानकारी सर्च इन्जिनले देखाउँदैन । अधिकतम परिणाम आउने गरी सर्च गर्न पनि सकिन्छ । डुकडुकगोमा समय, ठाउँ र भाषा जस्ता जानकारीका आधारमा फिल्टर गर्न पनि सकिन्छ । हरेक चोटि सर्च गर्दा यतिवटा सामग्री देखाउनू भनी तोक्न पाउने सुविधा पनि यसमा छ ।

किवर्डले सर्च इन्जिनलाई निश्चित ठाउँमा ध्यान केन्द्रित गर्न लगाउँछ तर किवर्ड सही छान्दैमा राम्ररी सर्च गर्न सकिन्छ भन्ने छैन । वेबमा उपलब्ध रिसर्च क्लिनिकमा रिसर्च गर्ने उपाय बारेमा बताइएको छ । मानिलिऊँ, तपाईंलाई जोन स्मिथ नाम गरेको मानिसका बारेमा जानकारी चाहिएको छ । जोन र स्मिथ यी दुईवटा शब्द सर्च इन्जिनमा टाइप गर्दा ती दुईवटा नाम भएका सबै डकुमेन्ट देखिन्छन् । यस्ता हजारौं, लाखौं डकुमेन्ट हुन सक्छन् । त्यो महासागरमा फँस्नु नपरोस् भन्नका लागि तपाईंले खोज्नुभएको जोन स्मिथका अरू विशेषता पत्ता लगाएर ती विशेषता भएको जोन स्मिथ मात्रै देखा भन्न सक्नुहुन्छ । जस्तै, फलानो ठाउँ घर भएको अथवा फलानो पेशा भएको जोन स्मिथ लेखिएका डकुमेन्ट मात्रै देखा भनी सर्च इन्जिनलाई आदेश दिन सक्नुहुन्छ । स्क्रिन सट लिएर त्यसलाई सार्वजनिक गर्ने विचार गर्नुभएको छ भने इन्टरनेट सर्च गर्दा तपाईंले आफूले देखाउन नचाहेका ट्याब र अन्य जानकारी स्क्रिनसटमा पर्न दिनुहुँदैन ।

आफ्नो डेटाबेस तयार गर्दा पनि त्यसलाई व्यवस्थित र पछि सजिलै खोज्न सक्ने गरी राख्नुपर्छ । इन्टरनेटबाट लिइएका डकुमेन्ट सेभ गर्दा अथवा अन्तर्वार्ता शब्दमा उतार्दा अथवा नोट राख्दा ती जानकारी खोजेका वेलामा सजिलै भेटिने गरी राख्नुपर्छ । यसका लागि माथि उल्लेख गरिएका व्यवस्थापन टुल उपयोग गरिहेर्नुहोस् ।

अन्त्यमा, कम्प्युटरका सहायताले रिपोर्टिङ गर्दा तलका आचारसंहिता ख्याल गर्नुपर्छ:

  • !   सम्भव भएसम्म, तपाईंले जहाँबाट डकुमेन्ट लिनुभएको हो तिनको सन्दर्भ वा लिंक राखिदिनुहोस्, आफूले पाएका र उपयोग गरेका डेटा यहाँबाट लिएको हुँ भनेर बताइदिनुहोस् ।
  • !   आफूले पाएका डेटाको जाँच राम्ररी गर्नुहोस् ।
  • !   तथ्यांक र अरू अंकबाट सही निष्कर्ष निकाल्नुहोस् । जोड, घटाउ, गुणा र भाग गर्ने काम पाठकमा नथोपर्नुहोस् । तपाईंले गरेको गणितलाई उनीहरूले विश्वास गरुन् ।

रिसर्च गर्ने तरिका थाहा पाउन यहाँ जानुहोस्:  Research Clinic