खण्ड पाँच अनुसन्धान, अनुसन्धान, अनुसन्धान

खण्ड पाँच अनुसन्धान, अनुसन्धान, अनुसन्धान

यस खण्डमा खोज पत्रकारका लागि चाहिने आधारभूत अनुसन्धान सीप बारेमा चर्चा गरिएको छ । पत्रकारले आना पेशाका लागि नजानी नहुने केही सीपबारे थाहा पाउनुपर्छ र ती सीप उपयोग गर्न दक्ष हुनुपर्छ । यी सीप हुन्ः डेटा कसरी खोतल्ने, कागजात पढेर तिनले दिएका संकेतका आधारमा अरू थप कागजात कसरी पढ्ने र कम्प्युटरका सहायता लिएर रिपोर्टिङ कसरी गर्ने । खोज पत्रकारले आधारभूत अंकगणित पनि जानेको हुनुपर्छ किनभने केही स्टोरीमा तथ्यांकको विश्लेषण गर्नुपर्ने हुनसक्छ ।