खण्ड सात सही प्रश्न

खण्ड सात सही प्रश्न

खोजमूलक वा अन्य जुनसुकै किसिमको रिपोर्टिङ गर्न अन्तर्वार्ता गर्नैपर्छ । तर खोज पत्रकारिताका क्रममा अन्तर्वार्ता गर्दा धेरै तयारी गर्नुपर्छ । आफूले अन्तर्वार्ता गर्न लागेको विषय र मानिसका बारेमा पहिल्यै अनुसन्धान गर्नुपर्छ जसले गर्दा अन्तर्वार्ताका क्रममा सही प्रश्न सोध्न सकिन्छ । खोज पत्रकारिता संवेदनशील हुनसक्छ, यसबाट विवाद आउन सक्छ र यसले ख्याति ध्वस्त पार्न पनि सक्छ । त्यसैले खोज पत्रकारिता गर्दा अन्तर्वार्ता गर्ने सीपमा दक्ष हुनुपर्छ जसले गर्दा कस्ता प्रश्न सोध्ने, कसरी सोध्ने र कुन प्रश्न अघि र कुन प्रश्न पछि गर्ने भन्ने कुरामा तयारी गर्न सजिलो हुन्छ । अन्तर्वार्ता गर्दा आचारसंहितामा पनि ध्यान दिनुपर्छ ।