1.3. उपकरण


अन्तर्वार्ता गर्न जानुअघि आफूले उपयोग गर्ने उपकरण जाँच्नुपर्छ । आफूले रेकर्ड गर्ने सामग्री र कलम काम गर्ने हालतमा छन् भन्ने कुरा यकिन गर्नुपर्छ । जगेडा कलम, रेकर्डर, ब्याट्री, एसडी कार्ड सधैं बोक्नुपर्छ । अन्तर्वार्ता गरिएको मान्छेले मैले यो विषयमा पत्रकारसँग कुराकानी गरेको हुँ भन्ने फारममा सही गर्नुपर्छ भने यस्तो फारम पनि साथै लैजानुहोस् । प्रसार गर्दा छोटो पार्नुपर्ने लामो अन्तर्वार्ता गर्दा यो फारम जरूरी हुन्छ । कुनै कम्पनी अथवा राजनीतिक दलका प्रवक्तालाई यस्तो फारम भराउनुपर्दैन किनभने पत्रकारलाई अन्तर्वार्ता दिनु उनीहरूको काम भित्रै पर्छ । अन्तर्वार्ता दिन उनीहरू सहमत भएपछि अन्तर्वार्ताबाट ल्याएको सामग्री पत्रकारले जुनसुकै तरिकाले पनि उपयोग गर्न सक्छन् । तर आफ्नो अन्तर्वार्ता तपाईंले प्रयोग गरेको तरिका उसलाई मन परेन भने उसले उजुरी गर्न भने पाउँछ ।