खण्ड छ अन्तरज्ञान

खण्ड छ अन्तरज्ञान

मानव स्रोत खोज पत्रकारको सबैभन्दा महत्वपूर्ण सम्पत्तिमध्येमा पर्छ । राम्रा स्रोतसँग विश्वासयोग्य सम्बन्ध कायम राखेमा पत्रकारले ठूला स्कूप फेला पार्न सक्छ । यस खण्डमा यस्तो सम्बन्ध कसरी कायम राख्ने र स्रोतको विश्वास कसरी जित्ने जसले गर्दा उनीहरूले आफूसँग भएका जानकारी पत्रकारलाई दिन्छन् भन्ने बारेमा छलफल गरिएको छ । यसका लागि विषय विज्ञ र ठगका बीचको अन्तर छुट्याउनु पर्छ । अर्काे उपाय हो— आना कुरा प्रकाशित होउन् भनी पत्रकारलाई प्रभावित पार्न खोज्ने, कुनै निश्चित विषयमा पक्ष वा विपक्षमा लागेका तथा रप्फु गर्ने काममा लागेका व्यक्तिको पहिचान गर्नु ।