खण्ड चार डेटा सुरक्षित राख्ने विधि

खण्ड चार डेटा सुरक्षित राख्ने विधि

खोज पत्रकारिता गर्दा अत्यन्त धेरै जानकारी संकलन र तयार भएको हुन्छ । तीमध्ये अधिकांश मोबाइल फोन अथवा कम्प्युटरमा राखिएको हुन्छ । डिजिटल डेटा चलाउँदा ती जानकारीलाई कसरी सुरक्षित राख्ने र सुरक्षा जोखिम कसरी कम गर्ने भन्ने विधि जान्नु जरूरी छ । खोज गर्दा ध्यान दिनुपर्ने सुरक्षा सम्बन्धी एउटा पक्ष हो ः स्रोतसँग जानकारी आदानप्रदान गर्दा सधैंभरि सुरक्षित तरिका अपनाउनु । यस खण्डमा डिजिटल सुरक्षा जोखिमका बारेमा छलफल गर्नुका साथै डेटा सुरक्षित राख्न उपयोग गर्न सकिने विभिन्न सफ्टवेयर र विधिका बारेमा बताइएको छ । यसमा म्याक र विन्डोज जस्ता चल्तीका कम्प्युटर प्रणाली र एन्ड्रोइड अनि आईओएस जस्ता चल्तीका स्मार्ट फोनमा जोड दिइएको छ ।