खण्ड आठ लेखन

खण्ड आठ लेखन

राम्रोसँग व्यवस्थित नगर्ने र राम्रो नलेख्ने हो भने अति नै राम्रोसँग खोज गरिएको स्टोरी पनि नराम्रो हुन्छ । खोजमूलक स्टोरी विश्वसनीय हुनुपर्छ । यसका लागि तथ्य–तथ्यांक अद्यावधिक गर्नुपर्छ र ती सामयिक हुनुपर्छ । आनो स्टोरीको मर्मसँग मिल्दो सम्बन्धित तथा प्रतिष्ठित व्यक्तिका भनाइ राख्दा स्टोरीको महत्व बढ्छ । आनो स्टोरीका जटिल पक्ष पाठकलाई बुझ्न सजिलो बनाउन ग्राफ, चार्ट, डायग्राम आदि उपयोग गर्दा राम्रो हुन्छ ।