खण्ड दुई स्टोरी आइडिया पत्ता लगाउनका लागि तयारी

खण्ड दुई स्टोरी आइडिया पत्ता लगाउनका लागि तयारी

सबै स्टोरी आइडियाबाट शुरू हुन्छन् । यस खण्डमा यस्ता आइडिया कहाँ र कसरी पाउने भन्नेबारे लेखिएको छ । पत्रपत्रिका पढ्दा, स्रोतसँग कुरा गर्दा, प्रभावशाली मानिससँग भेट्दा अथवा आफू वरपर भइरहेका हरेक गतिविधि राम्ररी नियाल्दा स्टोरीका लागि आइडिया पाइन्छ । यस खण्डमा फेसबूक र ट्वीटर जस्ता सामाजिक सञ्जाल तथा ब्रेकिङ समाचार हेर्न यिनको भूमिका बारेमा पनि लेखिएको छ । खोज पत्रकारिता गर्नु भनेको आफूलाई सहजबाट असहज परिस्थितितिर धकेल्नु, अहिलेसम्म अज्ञात रहेको संंसार चहार्नु र अड्कल गरेर जोखिम उठाउनु हो । सबैभन्दा महत्वपूर्ण कुरा हो– पढ्नु, पढ्नु र पढ्नु अनि आँखा र कान सधैं खुला राख्नु ।