1.4.1. सुरक्षित तरिकाले इमेल गर्ने


जिमेल, याहु अथवा हटमेल जस्ता इमेल सेवा उपयोग गर्दा खोज पत्रकारलाई खतरा हुनसक्छ किनभने अधिकांश इमेल एप्लिकेसनमा सुरक्षा र गोपनीयतासम्बन्धी थोरै मात्र मापदण्ड अपनाइएको हुन्छ । लोकप्रिय भएकाले जिमेल जस्ता साइटप्रति ह्याकर आकर्षित हुन्छन् । त्यसैले, आफूले पठाएका मेल र त्यसमा भएका जानकारीको सुरक्षा गर्नु जरूरी छ । यो काम दुई चरणमा गर्न सकिन्छः

कुनै पनि इमेल सेवा उपयोग गर्नुअघि त्यसम:

(१)  सेक्योर सकेट लेयर (एसएसएल); अथवा
(२) ट्रान्सपोर्ट लेयर सेक्युरिटी (टीएलएस) छ कि छैन चेक गर्नुहोस् ।

यी सेवा उपलब्ध नभएका मेल सर्भिस नचलाउनुहोस् । एसएसएस र टीएलएसले एउटा सर्भरबाट अर्काे सर्भरमा पठाएको तपाईंको इमेल इन्क्रिप्ट गर्छन् । यी टुल्स उपयोग नभएका इमेल सेवामा एकले अर्काेलाई पठाएका मेल पठाउने र पाउने दुवै सर्भरमा टेक्स्टकै स्वरुपमा बस्छन्, इन्क्रिप्ट गरिएका हुँदैनन् । यसको अर्थ हो, सर्भर एडमिनिस्ट्रेटरले तपाईंका मेल पढ्न र बदलिदिन सक्छ ।

इमेलमा पठाएका जानकारी इन्क्रिप्ट गर्नका लागि सुरक्षित उपाय ‘Pretty Good Privacy’ (PGP) सँग छ । पीजीपीको उपयोग गरेर इमेल इन्क्रिप्ट ग¥यो भने यो मेल अरूले हेर्न सक्दैनन् । तर दुःखको कुरा के छ भने यसलाई लागू गर्न सजिलो छैन । त्यसैले, यसलाई व्यापक मात्रामा उपयोग गरिएको छैन ।

पीजीपीले सार्वजनिक र निजी गरी दुईवटा की बनाउँछ । इमेल इन्क्रिप्ट गर्न सार्वजनिक की चाहिन्छ । यसलाई डि–इन्क्रिप्ट गर्न प्राइभेट की चाहिन्छ । पब्लिक की जसले पनि पाउन सक्छ तर प्राइभेट की यसका युजरसँग मात्र हुन्छ । कसैलाई पीजीपी गरिएको मेल पठाउनु प¥यो भने इमेल इन्क्रिप्ट गर्नका लागि उसको प्राइभेट की थाहा पाउनुपर्छ । मेल पाउने व्यक्ति अथवा पब्लिक की सर्भरबाट यस्तो की पाउन सकिन्छ । प्रापकले आफ्नो प्राइभेट की र यसको पासवर्ड उपयोग गरेर आफूलाई पठाएको मेल खोल्न सक्छ । पीजीपी उपयोग गर्नका लागि मेल क्लाइन्टले यस्तो सेवा सपोर्ट गर्नुपर्छ ।

यसो गर्नका लागि ‘Thunderbird’ अथवा ‘Microsoft Outlook’ इमेल क्लाइन्ट चलाउन सिफारिश गरिएको छ किनभने यिनमा पीजीपीका लागि एड्स–अन हुन्छन् । जिमेल जस्ता अरू मेल सेवामा पीजीपी उपयोग गर्न चाहनेले ‘Mailvelope’ चलाउन कोशिश गरे हुन्छ । तर, यी सामान्य इमेल प्रदायक मार्फत इमेल पठाउँदा पीजीपीले मेल पठाउने, पाउने अथवा इमेलको सब्जेक्ट जस्ता जानकारी लुकाउन सक्दैन ।

इन्क्रिप्टेड सेवा प्रदान गर्ने अर्काे इमेल सेवा प्रदायक ProtonMail हो । यो मेलमा इमेल र युजरका डेटा सुरक्षित राख्न सेवा प्रदायकको सर्भरमा पुग्नुभन्दा पहिले नै मेल इन्क्रिप्शन गरिएको हुन्छ । यसको सर्भर स्वीट्जरल्यान्डमा छ जहाँ डेटा सुरक्षित हुन्छ । यसको इन्क्रिप्शन एसएसएल र पीजीपीमा आधारित हुन्छ । प्रोटोन्मेल इमेल क्लाइन्ट मात्र होइन वास्तविक सेवा प्रदायक हो ।