3.3. लुकीछिपी रेकर्ड गर्ने


अधिकांश मिडियाले लुकाइछिपाइ रेकर्ड गर्ने कामबारे कडा नियम बनाएका छन् । केही देशमा यसो गर्नु कानून उल्लंघन गर्नु हो । तैपनि, कहिलेकाहीं प्रमाण जुटाउनका लागि यसबाहेक अर्काे उपाय हुँदैन । तर यो विधि अपनाउनुुअघि अभ्यास गर्नुपर्छ । तपाईंले छातीमा लुकाएर क्यामरा राख्नुभएको छ र त्यसले आकाश अथवा बाटो मात्रै खिच्यो भने त्यो त्यति उपयोगी हुँदैन । आवाज सुन्न र बुझ्न सकिंदैन भने त्यस्तो आवाज रेकर्ड गर्न खर्च गरिएको समय र पैसा त्यसै बर्बाद हुन्छ । रेकर्डर अथवा क्यामरा लुकाएर अन्तर्वार्ता रेकर्ड गर्ने काम त्यति सजिलो छैन । आफूले कुराकानी गरिरहेको मान्छेलाई बोल्न प्रोत्साहन गर्ने विधि जान्नुपर्छ । प्राविधिक ज्ञान पनि हुनुपर्छ ।

तपाईंले लुकाएर रेकर्ड गरेको शंका स्रोतले ग¥यो भने ‘छैन’ भनेर आफूलाई बचाउनुपर्छ भन्ने तपाईंलाई लाग्न सक्छ । तर यसो गर्दा ती सामग्री उपयोग गर्न कठिन हुनसक्छ । कुराकानी रेकर्ड गरिएको कुरालाई तपाईंले अस्वीकार गर्नुभयो भने तपाईंले रेकर्ड नगर्ने शर्तमा कुराकानी गरिएको रहेछ भनेर प्रमाणित हुन्छ । बेलायती मिडियाका वकिल के भन्छन् भने विषय सार्वजनिक महत्वको होइन भने यस्ता सामग्री सकेसम्म उपयोग गर्नुहुँदैन । कति देशका वकिलले प्रयोग गर्न हुन्छ भन्न सक्छन् ।