2.1. प्राथमिकता निर्धारण


खोजको शुरूमा तपाईंलाई जतिसक्दो बढी सामग्री पढौं जस्तो लाग्न सक्छ । तर यो सर्वाेत्तम रणनीति नहुन सक्छ । पढ्ने काम ढिलो हुन्छ । अझ आफूलाई उपयोगी हुने सामग्री इन्टरनेटमा खोज्दा तपाईंले एकदमै धेरै सामग्री पाउनुहुन्छ । त्यसैले, पृष्ठभूमि जानकारी सर्सर्ती मात्र हेर्नुपर्छ । व्यापक विषयका सामग्री खोज्नुहुँदैन (इन्टरनेटमा सर्च गर्दा आफ्नो स्टोरीसँग सम्बन्धित कि वर्डलाई डबल कोटभित्र राख्दा आफूले चाहिने मात्र सामग्री देखिन सक्छन्) । आफूलाई काम लाग्ने जस्ता लागेका वेबपेजलाई बुकमार्क गर्नुहोस् । यसो गर्दा पछि यी वेबपेज पढ्न सकिन्छ ।

एउटा न एउटा कुरा गरेर उम्कन खोज्ने विज्ञका पछि लागेर धेरै समय खर्च नगर्नुहोस् । आफूले सूचीमा राखेका धेरैभन्दा धेरै स्रोतलाई फोनमा सम्पर्क गर्नुहोस् । थप जानकारी बटुल्दै जाँदा नयाँ कुरा सोध्नुपर्ने भएमा आफूले पहिले कुराकानी गरेका मानिसलाई फेरि भेट्नुहोस् । यस चरणमा गहिराइमा पुग्न भन्दा पनि बृहत् पक्षबारे जान्न कोशिश गर्नुपर्छ ।

समयतालिका बनाउनुहोस् । आफ्नो अनुसन्धानका लागि कुन काम कति महत्वपूर्ण छ र त्यसका लागि आफूले कतिसम्म समय खर्च गर्न उचित हुन्छ भन्ने कुरा निर्धारण गर्नुहोस् । भेट्न कठिन व्यक्ति, कागजपत्र अथवा तथ्यांक खोज्न धेरै समय खर्च नगर्नुहोस् । आफूलाई चाहिएका सामग्री पाउने अर्काे तरिका पत्ता लगाउनुहोस् ।