1.5. सम्पादकलाई मनाउनु (पिच गर्नु)

1.5. सम्पादकलाई मनाउनु (पिच गर्नु)


प्रकाशन गृह अथवा प्रसारण स्टेशनले कुनै विषयमा खोज गर्नका लागि अह्राएको हो भने तपाईंले खोज यसरी गर्छु भनेर पहिलो चरणको कुरा बताए पुग्छ । तर स्वतन्त्र पत्रकारले म यो विषयमा स्टोरी गर्न लागेको छु भनी सम्पादकलाई मनाउनुपर्ने भएका खण्डमा राम्रै मिहिनेत गर्नुपर्छ । पिच गर्नु भनेको आफूले स्टोरी गर्न लागेको विषय र त्यो स्टोरी छाप्नु किन जरूरी छ भनी सम्पादकलाई छोटो प्रस्तुति दिनु हो । यसो गर्दा निम्न कुरा समावेश हुनुपर्छः

  • >  स्टोरीको परिमार्जित खाका
  • >  यो स्टोरी त्यस पत्रिका अथवा त्यस पत्रिकाका पाठकका लागि किन महत्वपूर्ण छ
  • >  स्टोरी गर्ने तरिका र कार्यविधि
  • >  समय तालिका
  • >  बजेट

केही मिडिया हाउसले तपाईंको स्टोरी कसरी प्रस्तुत गर्ने (फोटो, ग्राफिक्स आदिबारे) भन्ने विषयमा पनि तपाईंको सहयोग खोज्छन् । केहीले भने यो काम सम्पादक र डिजाइनरका जिम्मा छाडिदिन्छन् । जे भए पनि, प्रकाशनले तपाईंको स्टोरी मन नपराउन पनि सक्छ भन्ने कुरा ख्याल गर्नुहोस् । त्यसैले, सम्पादकलाई नभनी नहुने कुरा मात्र बताउनुपर्छ, आफूले पाएका महत्वपूर्ण जानकारी बताउनुहुँदैन किनभने सम्पादकले यो स्टोरी मलाई उपयुक्त हुँदैन भनेका खण्डमा अर्काे सम्पादकलाई बताएर उसलाई मनाउन सकिन्छ ।